बागमतीमा उद्योग पर्यटन र यातायात मन्त्रालयलाई ५ अर्ब ३७ करोड
सोमबार, ०१ असार २०८३, १७ : ०७
सारांश
- बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षमा उद्योग पर्यटन तथा यातायात मन्त्रालयका लागि ५ अर्ब ३७ करोड बजेट विनियोजन गरेको छ ।
- यस बजेटबाट यातायात कार्यालयको सेवा प्रवाह सुदृढ गर्ने, यातायात क्षेत्रलाई डिटाइजेशन गर्ने लगायतका कार्यक्रम सञ्चालन गरिनेछ ।
- प्रदेश सरकारले आगामी आर्थिक वर्षमा सङ्घीय सरकारसँगको समन्वयमा प्रदेशमा नै सवारी चालक अनुमति पत्र छपाइको काम अघि बढाउने छ ।
हेटौँडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षमा उद्योग पर्यटन तथा यातायात मन्त्रालयका लागि ५ अर्ब ३७ करोड बजेट विनियोजन गरेको छ । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले संसदमा बजेट प्रस्तुत गर्दै उक्त बजेटबाट यातायात कार्यालयको सेवा प्रवाह सुदृढ गर्ने, यातायात क्षेत्रलाई डिटाइजेशन गर्ने लगायतका कार्यक्रम सञ्चालन गरिने बताए ।
उनका अनुसार प्रदेश सरकारले आगामी आर्थिक वर्षमा सङ्घीय सरकारसँगको समन्वयमा प्रदेशमा नै सवारी चालक अनुमति पत्र छपाइको काम अघि बढाउने छ । प्रदेश सरकारले चितवनको सौराहालाई बैठक सञ्चालन क्षेत्रको रूपमा विकास गर्ने बजेट वक्तव्यमा उल्लेख गरिएको छ ।
प्रदेशमा उद्योग क्षेत्रको विकासका लागि औद्योगिक ग्राम निर्माण तथा सञ्चालन गर्ने बजेट व्यवस्था गरिएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वगृहमन्त्री धर्मबहादुर थापाको अन्येष्टि
-
परराष्ट्रमन्त्री खनाल र सीपीसीका अन्तर्राष्ट्रिय विभागका प्रमुख लिउबिच भेटवार्ता
-
गण्डकीको बजेटः भौतिक र ऊर्जामा आधाभन्दा बढी, चालु वर्ष २ अर्ब खर्च नहुने
-
सांसद खुश्बु ओलीको चरित्र हत्या गरेको आरोपमा एक जना पक्राउ
-
कोशी प्रदेशको बजेटमा नारा : कति थपिए, कति हराए ?
-
दलहरूसँग एकीकरण गर्न जनमतले बनायाे तीन सदस्यीय वार्ता टोली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण