सांसद सृष्टि भट्टराईले कारको झ्यालबाट शरीर निकालेर यात्रा गरेको भिडियो भाइरल
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सृष्टि भट्टराईले कारको झ्यालबाट शरीर निकालेर यात्रा गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ।
- भिडियोमा भट्टराईले कारको अगाडि सिटमा बसेर लापरबाहीपूर्वक यात्रा गरेको देखिन्छ।
- सामाजिक सञ्जाल प्रयोगकर्ताले भट्टराईमाथि कारबाही गर्न माग गरेका छन् र ट्राफिक प्रहरीले आन्तरिक छलफल गरिरहेको छ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सृष्टि भट्टराईले कारको झ्यालबाट शरीर निकालेर यात्रा गरेको भिडियो भाइरल भएको छ।
सामाजिक सञ्जाल (फेसबुक)मा पोस्ट भएको भिडियोमा भट्टराईले कारको अगाडि सिटमा बसेर लापरबाहीपूर्वक यात्रा गरेको देखिन्छ।
भट्टराई रास्वपाको समानुपातिक तर्फकी सांसद हुन्। लापरबाहीपूर्वक यात्रा गर्दा दुर्घटनाको जोखिम हुने भन्दै ट्राफिक प्रहरीले सचेतना कार्यक्रम सञ्चालन गर्दै आएको छ । लापरबाहीपूर्वक सवारी चलाउने यात्रुलाई सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अनुसार जरिवाना हुने कानुनी व्यवस्था छ।
सामाजिक सञ्जाल प्रयोगकर्ताले भट्टराईमाथि कारबाही गर्न माग गरेका छन्। यसअघि राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले सांसद हर्क साम्पाङलाई जरिवाना गर्ने निर्णय गरेको थियो । सामाजिक सञ्जाल प्रयोगकर्ताले भट्टराईलाई पनि कारबाही गर्न माग गरेका हुन्।
भट्टराईलाई के कारबाही गर्ने भन्नेबारे आन्तरिक छलफल भइरहेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका एक जना अधिकृतले रातोपाटीलाई बताए । सो भिडियो कुन ठाउँको हो भन्नेबारे सुरक्षा अधिकारीहरूले यकिन गर्ने प्रयास गरिरहेका छन् । भिडियो कुन समयको हो भन्नेबारे पनि खुलेको छैन।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रम संस्कृति पार्टीको अवरोधका कारण प्रतिनिधि सभा बैठक स्थगित
-
विजय र रश्मिकाको ‘राणाबाली’ मा हलिउडका भिलेन अर्नोल्ड वोस्लु
-
गगन–विश्वले नबुझेको तथ्य र नस्वीकारेको सत्य
-
नेपाली कम्युनिस्ट आन्दोलन विघटनको अन्तिम सङ्घारमा : शर्मा
-
सुकुमबासीहरूलाई वैकल्पिक बसोबाससहित शिक्षा, स्वास्थ्य र रोजगारीको व्यवस्था गर्न प्रलाेपाकाे माग
-
सरकारलाई आफ्नै दलका सांसदहरूको घेराबन्दी : जनताका जल्दाबल्दा समस्यामा बजेट नदिएको भन्दै आलोचना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण