बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय
फिफा विश्वकप

विश्वकपमा अस्ट्रियाको विजयी सुरुवात

बुधबार, ०३ असार २०८३, ११ : ५८
बुधबार, ०३ असार २०८३

सारांश

  • अस्ट्रियाले फिफा विश्वकप २०२६ को छनोटमा जोर्डनलाई ३-१ गोलले पराजित गर्दै विजयी सुरुवात गरेको छ ।
  • रोमानो स्मिडको गोलबाट अग्रता लिएको अस्ट्रियाका लागि मार्को अर्नाटोभिचले पेनाल्टीमार्फत जित सुनिश्चित गरे ।
  • जोर्डनका अलि ओलवानले बराबरी गोल गरे पनि भीएआरले एक गोल रद्द गरेपछि अस्ट्रियाले पुनः अग्रता लिएको थियो ।

सान फ्रान्सिस्को । अस्ट्रियाले जोर्डनलाई हराउँदै फिफा विश्वकप २०२६ मा विजयी सुरुवात गरेको छ । समूह जे अन्तर्गतको खेलमा टोली ३-१ गोलले विजयी भएको हो ।

खेलको २० औँ मिनेटमा रोमानो स्मिडले गोल गर्दै अस्ट्रियालाई अग्रता दिलाएका थिए । तर, दोस्रो हाफको सुरुवातमा नै जोर्डनका अलि ओलवानले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

त्यसपछि भीएआरले एक गोल रद्द गरे पनि ७६ औँ मिनेटमा मार्को अर्नाटोभिचको हेडरमा याजान अल अरबले आत्मघाती गोल गरेपछि खेलमा अस्ट्रियाले पुनः अग्रता लियो । 

इन्जुरी समयमा मोहम्मद अबु जारिकले ह्यान्डबल गरेपछि अस्ट्रियाले पेनाल्टी पायो । जसलाई अस्ट्रियाका रेकर्ड गोल स्कोरर अर्नाटोभिचले सजिलै गोलमा परिणत गर्दै टोलीको जित सुनिश्चित गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप