संसद् बैठक
अब प्रहरीलाई पोसाक खरिद गर्न नगद नै दिइने
बिहीबार, ०४ असार २०८३, १८ : ०५
१
सारांश
- अब प्रहरीलाई पोसाक खरिद गर्नका लागि नगद दिइने भएको छ ।
- यसअघि पोसाक खरिदका लागि एकीकृत टेन्डर प्रक्रिया अपनाइँदै आएको थियो ।
- गृहमन्त्री सुधन गुरुङले टेन्डर प्रक्रियामा भ्रष्टाचार हुने देखिएकाले नगद दिने व्यवस्था गर्न लागिएको बताए ।
काठमाडौँ। प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने भएको छ । हालसम्म एकीकृत रूपमा पोसाक खरिदका लागि टेन्डर हुँदै आएकोमा अब नगद दिने व्यवस्था गर्न लागिएको गृहमन्त्री सुधन गुरुङले जानकारी दिए।
गृहमन्त्री गुरुङले बिहीबारको प्रतिनिधि सभा बैठकमा भने,‘प्रहरीको पोसाकको विषयमा टेन्डर हुने र यसमा धेरै भ्रष्टाचार हुने कुरा देखिएको छ । अब यसको सट्टा हामी नगद नै दिने तयारी गरिरहेका छौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफमा गोलरहित बराबरीमा रोकिए मेक्सिको र दक्षिण कोरिया
-
मधुमेहका बिरामीले खान हुन्छ अनार ?
-
सीप सिकेर आत्मनिर्भर बन्दै म्याग्देका महिला
-
सुदूरपश्चिम प्रदेशका ६० हजार घरपरिवार अझै विद्युत्को पहुँच बाहिर
-
नुहाउनेबित्तिकै पानी पिउन हुन्छ कि हुन्न ?
-
‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युतले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण