आँबुखैरेनी गाउँपालिका पूर्ण खोप सुनिश्चितता
तनहुँ । जिल्लाको आँबुखैरेनी गाउँपालिका कार्यालयलाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको छ । गाउँपालिका मातहत रहेका ६ वटा वडामा रहेका ७८९ जना बालबालिकालाई १५ महिनाभित्रका सबै खोप पूरा गरेपछि पूर्ण खोप पालिका घोषणा गरेको हो ।
पाँच वर्ष मुनिका बालबालिका भएका घरको सर्वेक्षण गरी सबै खोप पूरा भए नभएको खोप कार्ड हेरिएको आँबुखैरेनी स्वास्थ्य शाखा प्रमुख अगमराज उपाध्यायले जानकारी दिए । उनले भने, “सर्वेक्षणका क्रममा आँबुखैरेनी बजारका चार जना भारतीय व्यापारीका छोराछोरीमा खोप पूरा नगरेको पाइएपछि आँबुखैरेनी अस्पतालमा ल्याई खोप लगाइएको थियो ।”
फागुन र चैत महिनामा नौ वटा स्वास्थ्य संस्थाका १६ जना स्वास्थ्यकर्मी र महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको सहयोगमा घरधुरी सर्वेक्षण गरिएको स्वास्थ्य शाखाले जनाएको छ । गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता गर्न स्वास्थ्यकर्मी र स्वयंसेविका महिलाको भूमिका अतुलनीय रहेको गाउँपालिका अध्यक्ष शुक्र चुमानले बताए ।
उक्त ६ वटै वडाका वडाध्यक्ष र स्वास्थ्यकर्मीलाई पूर्ण खोप सुनिश्चितताको प्रमाणपत्र प्रदान गरिएको छ । प्रदेश जनस्वास्थ्य कार्यालयका खोप अधिकृत शङ्करबाबु अधिकारीले बालबालिकाको रोग निवारण, उन्मुलन र रोकथामका लागि खोपको महत्वपूर्ण रहेको बताए ।
उनले भने, “खोप सुरक्षित र शक्तिशाली भएका कारण बाल मृत्युदर न्यून बन्दै गएको छ ।” जिल्लाका १० वटै पालिका पूर्ण खोप घोषणा भइसकेको र छिट्टै सार्वजनिक गर्ने योजना रहेको छ ।
भौगोलिक विकटता र अज्ञानका कारण अझै पनि कतिपय स्थानमा बालबालिकालाई खोप लगाउन छुटेको हुनसक्छ त्यसतर्फ स्वास्थ्यकर्मी सचेत बन्न खोप अधिकृत अधिकारीले आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाको महाधिवेशनस्थलमा रवि–बालेनको डमी, तस्बिरहरु
-
‘बाः एक योद्धा’ बुबाको मुख हेर्ने दिन पारेर भदौमा रिलिज हुने
-
यी मान्छेले खानै हुन्न काँचो प्याज
-
रास्वपाद्वारा २२ सदस्यीय महाधिवेशन निर्वाचन समिति गठन
-
२० तस्बिरमा हेर्नुहोस् रास्वपाको उद्घाटन सत्र
-
राहदानी छपाइ प्रकरणः पूर्वपरराष्ट्रमन्त्री श्रेष्ठसँग अख्तियारले लियो बयान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण