अनेरास्ववियू क्रान्तिकारीद्वारा भक्तिवेदान्त गुरुकुलमा भएको घटनाको विरोध
सारांश
- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले बुढानीलकण्ठस्थित भक्तिवेदान्त गुरुकुल (इस्कोन) बालबालिकामाथि भएको घटनाको विरोध गरेको छ ।
- इस्कोनमा बालबालिकामाथि यौन शोषण, शारीरिक तथा मानसिक यातना लगायतका घटना भएको समाचार बाहिर आएको थियो ।
- संगठनले घटनामा संलग्न सबै अपराधीहरूलाई कानुनी कारबाही गर्न र पीडित बालबालिकाको उद्धार, उपचार, पुनर्स्थापना र न्याय सुनिश्चित गर्न माग गरेको छ ।
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले बुढानीलकण्ठस्थित भक्तिवेदान्त गुरुकुल (इस्कोन) बालबालिकामाथि भएको घटनाको विरोध गरेको छ । शुक्रबार सो संगठनका अध्यक्ष विजयप्रकाश शर्मा सापकोटाले एक विज्ञप्ति जारी गर्दै सो घटनाको भर्त्सना गरेका हुन् ।
इस्कोनमा बालबालिकामाथि यौन शोषण, शारीरिक तथा मानसिक यातना लगायतका घटना भएको समाचार बाहिर आएको थियो । उक्त सङ्गठनले धर्म, संस्कार र शिक्षाको आवरणमा बालबालिकामाथि गरिने कुनै पनि प्रकारको हिंसा, शोषण र अत्याचार मानवताविरुद्धको जघन्य अपराध भएको जनाउँदै घटनामा संलग्न सबै अपराधीहरूलाई कुनै पनि प्रभाव, पहुँच वा संरक्षणको आडमा उन्मुक्ति नदिई कानुनी कारबाही गर्न माग गरेको छ ।
साथै सो सङ्गठनले पीडित बालबालिकाको तत्काल उद्धार, उपचार, पुनर्स्थापना र न्याय सुनिश्चित गर्न नेपाल सरकार तथा सम्बन्धित निकायसँग जोडदार माग गरेको छ ।

Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण