सरकारले स्वार्थ समूहको प्रभाव बढ्ने गरी कर नीति ल्यायो : ओली
सारांश
- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले सरकारले स्वार्थ समूहको प्रभाव बढ्ने गरी कर नीति ल्याएको आरोप लगाएकी छन् ।
- उनले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पेस गरेको आर्थिक विधेयक, २०८३ माथिको छलफलमा भाग लिँदै सरकारले सरकारी अस्पताल र सार्वजनिक विद्यालयको हित विपरीतका कर नीतिहरू थपेको भन्दै संसद्मा कडा असन्तुष्टि व्यक्त गरिन् ।
- ओलीले विधेयकमा थपिएका नयाँ शुल्क र करहरूबाट सरकारी विद्यालयको गुणस्तर र ग्रामीण स्वास्थ्य प्रणाली बलियो हुने सुनिश्चितता नदेखिएको टिप्पणी गर्दै समस्या संरचनागत रहेको र यसको समाधान शुल्कमा मात्रै नहुने बताएकी छन् ।
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले सरकारले स्वार्थ समूहको प्रभाव बढ्ने गरी कर नीति ल्याएको आरोप लगाएकी छन् ।
शुक्रबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पेस गरेको आर्थिक विधेयक, २०८३ माथिको छलफलमा भाग लिँदै उनले यस्तो आरोप लगाएकी हुन् ।
प्रमुख सचेतक ओलीले सरकारले आफूसँग कर सम्बन्धी असीमित अधिकार राखेर त्यसको सीमा समेत उल्लङ्घन गरेको भन्दै आपत्ति जनाइन् । सरकारले सरकारी अस्पताल र सार्वजनिक विद्यालयको हित विपरीतका कर नीतिहरू थपेको भन्दै उनले संसद्मा कडा असन्तुष्टि व्यक्त गरिन् ।
छलफलमा बोल्दै ओलीले भनिन्, ‘विधेयकमा नयाँ शुल्क र करहरू थपिएका छन् । शिक्षा सेवा शुल्क, शिक्षा समता शुल्क, स्वास्थ्य समता शुल्क, स्वास्थ्य पूर्वाधार लगानी शुल्क । शिक्षा शुल्क ठिक पनि हुन सक्छ । तर शिक्षा समता शुल्कबाट वास्तवमा सरकारी विद्यालयको गुणस्तर बढ्ने सुनिश्चितता के छ ? त्यसै गरी स्वास्थ्य समता शुल्कबाट ग्रामीण स्वास्थ्य प्रणाली बलियो हुने कानुनी व्यवस्था कहाँ छ ?’
उनले कर उठाउने संयन्त्र बनाइए पनि त्यसको परिणाम सुनिश्चित नदेखिएको टिप्पणी गरिन् । वास्तविक समस्या शुल्क थप्नुमा भन्दा पनि संरचनागत रहेको उनको दाबी थियो । उनले अगाडि भनिन्, ‘वास्तविक प्रश्न भनेको सार्वजनिक विद्यालय किन कमजोर छन् ? सरकारी अस्पताल किन प्रभावकारी हुन सकेनन् ? भन्ने जस्ता प्रश्नहरू हुन् । यसको समाधान शुल्कमा मात्रै छैन होला । हाम्रो समस्या संरचनागत नै हो । विधेयकमा सरकारलाई कर घटाउन, बढाउन व्यापक छुट दिएको छ । यसको अधिकारको सीमा के हो ? पारदर्शिता कसरी सुनिश्चित हुन्छ ? संसद्को नियन्त्रण कहाँ छ ? यसले स्वार्थ समूहको प्रभाव बढ्ने देखिन्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जारी विश्वकपमा आत्मघाती गोलको सङ्ख्या ७ पुग्यो
-
पहिलो हाफमा अमेरिकाको दबदबा, अस्ट्रेलियाविरुद्ध २–० को अग्रता
-
हेटौँडाका उद्योगबाट चार करोड बक्यौता सङ्कलन
-
अस्ट्रेलियाका बर्गेसको आत्मघाती गोल, अमेरिकालाई सुरुवाती अग्रता
-
इरानसँगको वार्तामा अन्योल उत्पन्न भएपछि राष्ट्रपति ट्रम्प क्याम्प डेभिड प्रस्थान गर्दै
-
म्याग्दीमा रासायनिक मलको अभाव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण