शनिबार, ०६ असार २०८३
ताजा लोकप्रिय

एसियाली करातेमा एरिकालाई कास्य पदक

शुक्रबार, ०५ असार २०८३, २२ : २६
शुक्रबार, ०५ असार २०८३

काठमाडौँ । नेपालकी एरिका गुरुङले २२औँ सिनियर एसियाली कराते प्रतियोगितामा आज नेपाललाई कास्य पदक दिलाएकी छिन् । इन्डोनेसियाको बालीमा भइरहेको प्रतियोगितामा एरिकाले महिला ६८ किलो माथिको तौलसमूहमा नेपाललाइ कास्य पदक दिलाएकी प्रशिक्षक कुशल श्रेष्ठले जानकारी दिए ।

प्रतियोगितामा एरिकाले काजकिस्तानकी ताइसिया उल्टेलबायभालाई ११–२ अङ्कले हराइन् । यसअघि पहिलो चरणमा ‘वाइ’ पाएकी एरिकाले दोस्रो चरणमा भारतकी जोनी माङखियालाई ८–० अङ्कले हराउँदै सेमिफाइनलमा स्थान बनाएकी थिइन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप