शनिबार, ०६ असार २०८३
ताजा लोकप्रिय
अपडेट

महाधिवेशनको पूर्वसन्ध्यामा चितवनमा रास्वपाको केन्द्रीय समिति बैठक बस्दै

पाँच एजेण्डामा छलफल हुने

शनिबार, ०६ असार २०८३, ०५ : ३३
शनिबार, ०६ असार २०८३

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज चितवनको भरतपुरमा बस्दैछ ।
  • पार्टी सभापति रवि लामिछानेको आह्वानमा बोलाइएको बैठकमा राष्ट्रिय महाधिवेशनको अन्तिम तयारी र प्रतिनिधि व्यवस्थापनबारे छलफल हुनेछ ।
  • बैठकले महाधिवेशनमा प्रस्तुत प्रतिवेदन र विधान संशोधनबारे पनि निर्णय लिनेछ ।

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज (शनिबार) चितवनको भरतपुरमा बस्दै छ । पार्टी सभापति रवि लामिछानेको आह्वानमा भरतपुरस्थित होटल सिमटीको बैठक हलमा दिउँसो १ः०० बजेका लागि बैठक बोलाइएको हो । चितवनको भरतपुरमै असार ७ देखि ९ गतेसम्म सञ्चालन हुने पार्टीको राष्ट्रिय महाधिवेशनको तयारीका लागि यो बैठक बस्न लागेको हो ।

पार्टी महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार यस बैठकमा मुख्यतया राष्ट्रिय महाधिवेशनको अन्तिम तयारी र महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरूको व्यवस्थापनका विषयमा विस्तृत छलफल हुनेछ । बैठकले महाधिवेशनमा प्रस्तुत प्रतिवेदनहरूका साथै पार्टीको विधान संशोधनका सम्बन्धमा समेत आवश्यक निर्णय लिने कार्यसूची तय गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप