चोरी गर्न जाँदा चोरिएकै गाडी प्रयोग, युवक पक्राउ
सारांश
- सर्लाहीमा चोरी गर्न जाँदा चोरीकै गाडी प्रयोग गर्ने एक युवक पक्राउ परेका छन्।
- ती युवकले स्थानीयको घरबाट मोबाइल र नगद चोरी गरेको र थप चोरीको प्रयास गर्दा पक्राउ परेका हुन्।
- प्रहरीले अनुसन्धान गर्दा युवकले प्रयोग गरेको गाडी पनि पहिले नै चोरी भएको पत्ता लागेको छ।
रौतहट । सर्लाहीमा चोरीसँग सम्बन्धित एक रोचक तथा अनौठो घटना सार्वजनिक भएको छ।
चोरी गर्न पुगेका एक युवक आफैँले चोरीको गाडी प्रयोग गरिरहेको अवस्थामा पक्राउ परेपछि यो घटनाले नयाँ मोड लिएको हो।
जिल्लाको बरहथवा नगरपालिका–३ प्रतिटोलमा शुक्रबार बिहान करिब ४ बजे स्थानीय विजय यादवको घरबाट मोबाइल फोन र नगद चोरी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। विजयको घरमा चोरी गरेपछि उनी नजिकै रहेको मनोज सहनीको घरमा समेत प्रवेश गरी चोरीको प्रयास गरिरहेका थिए।
सोही क्रममा घरधनीकी श्रीमतीले देखेपछि होहल्ला मच्चिएको थियो। स्थानीय बासिन्दाको सतर्कता र सूचनाका आधारमा प्रहरीले आरोपी सर्लाहीको बागमती नगरपालिका–६ निवासी १८ वर्षीय जुमन मियाँलाई नियन्त्रणमा लिएको हो।
घटनाको सबैभन्दा चासोको पक्ष भने उनले चोरी गर्न जाँदा प्रयोग गरेको सवारी साधन बनेको छ। पक्राउ परेका मियाँले चोरीका लागि मधेस प्रदेश ०४–००१ च ०३६७ नम्बरको पिकअप गाडी प्रयोग गरेको खुलेको छ। तर, अनुसन्धानका क्रममा उक्त गाडी पनि पहिले नै चोरी भएको तथ्य फेला परेको प्रहरीले जनाएको छ।
सर्लाही प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रसाद गौतमका अनुसार बरामद गरिएको पिकअप गाडी गत जेठ १९ गते इलाका प्रहरी कार्यालय हरिवनको कार्यक्षेत्रबाट हराएको विवरणसँग मेल खाएको छ। उक्त गाडी कसरी र कसको संलग्नतामा चोरी भएको थियो भन्ने विषयमा प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफ तनावपूर्ण, १० खेलाडीमा सीमित पाराग्वेकाे अग्रता कायमै
-
पानीको मुहान, धारा, इनार सफा गरेर नेवार समुदायले मनाए सिथि नखः पर्व (तस्बिरहरू)
-
‘पुष्पा २’ को प्रिमियरमा भएको भागदौड प्रकरण : अल्लू अर्जुनलाई आफै अदालतमा उपस्थित हुन आदेश
-
नेटफ्लिक्सले समय रैनाको ‘इन्डियाज गट लेटन्ट’ ल्याउँदै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
बङ्गलादेशी भूमिमा अस्ट्रेलियाको पहिलो सिरिज जित, रेनश र डेविड नायक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण