शनिबार, ०६ असार २०८३
ताजा लोकप्रिय
फोटोफिचर

हिमाली हावा र हिमशृंखलाको अनुभव लिन ‘हेलम्बु हिमालयन ग्रेट ट्रेल’ (तस्बिरहरू)

शनिबार, ०६ असार २०८३, ११ : २८
शनिबार, ०६ असार २०८३

सारांश

  • सिन्धुपाल्चोकमा निर्माण भइरहेको ‘हेलम्बु हिमालयन ग्रेट ट्रेल’ प्रकृति, संस्कृति र आध्यात्मिकताको सङ्गम हो।
  • यो पदमार्गबाट सेमिसिदाङ, दोर्जेलाक्पा, गौरीशंकरलगायत दर्जनौँ हिमाल देख्न सकिन्छ।
  • ६० किलोमिटर लामो यो ट्रेल पूरा हुन करिब एक हप्ता लाग्नेछ र यसले धार्मिकस्थल परिक्रमा तथा हेलम्बुको दृश्यावलोकनको अवसर दिनेछ।

काठमाडौँ । सिन्धुपाल्चोकमा निर्माण भइरहेको ‘हेलम्बु हिमालयन ग्रेट ट्रेल’ केवल पदयात्राको मार्ग मात्र होइन प्रकृति, संस्कृति र आध्यात्मिकताको अद्भुत सङ्गम हो । ह्योल्मो परम्पराअनुसार यसको नाम धर्मचक्र पर्खाल हो। 

ठाउँ ठाउँमा बनेका चैत्य, शान्त हरियाली वन, हिमाली हावा र परसम्म देखिने हिमशृङ्खलाले यात्रुलाई हरेक पाइलामा नयाँ अनुभूतिसँग साक्षात्कार गराउँछन्। यहाँबाट सेमिसिदाङ, दोर्जेलाक्पा, गाङछम्बो, युवा पिक, गौरीशंकरजस्ता दर्जनौँ हिमालहरू देख्न पाइन्छ।

Great wall_Helambu_NPL_PCT (1)

विश्वकै अग्लो चीनको ग्रेटवालको अनुसरण गर्दै ह्योल्मो भूमि हेलम्बु घेर्दै ६० किलोमिटर लामो ग्रेट ट्रेल बनाउने योजनाअन्तर्गत सात किमिको काम भइसकेको हेलम्बु गाउँपालिका अध्यक्ष निमाग्याल्जेन  शेर्पाले बताए ।

‘६० किमिमध्ये ७ किमिको पदमार्ग बनाइसकेका छौँ, यहाँ आउने जो कोही दङ्ग परेर जानुहुन्छ,’ उनले भने- ‘यो हेलम्बु गाउँपालिकाको गौरवको योजनामध्ये महत्त्वपूर्ण एक हो।’

Great wall_Helambu_NPL_PCT (2)

बुद्धपार्कबाट पर्यटकीय ट्रेल सेर्माथाङ–ज्योमथाङ हुँदै पाँचपोखरी थाङपाल गाउँपालिका र हेलम्बुको सीमा भेग प्रसिद्ध तीर्थस्थल आमायांग्री पर्वतसँग जोडिनेछ । यो डुपु–भेमाथाङ, पासाङसिरी–गुफुपोखरी–जलंसा–दवालाङ्गगुफा–सेमेसिदाङ क्षेत्र पुग्नेछ । ट्रेल घुमिसक्दा यहाँको अधिकांश धार्मिकस्थल परिक्रमा र हेलम्बुको सम्पूर्ण दृश्यको आनन्द उठाउन सकिने गरी काम भइरहेको छ।

 

समुद्री सतहबाट २५ सय मिटरदेखि ५ हजार मिटरको उचाइसम्म फैलिने यो ट्रेल पूर्ण रूपमा ६० किलोमिटर बनिसकेपछि पैदल यात्रा गर्दै छिचोल्न करिब एक हप्ता समय लाग्नेछ। अनि हरेक दिनले नयाँ दृश्य, नयाँ अनुभूति र नयाँ रोमाञ्चकको कहानी बोकेको हुनेछ। तस्बिर : नेपाल फोटो लाइब्रेरी 

Great wall_Helambu_NPL_PCT (4)Great wall_Helambu_NPL_PCT (5)Great wall_Helambu_NPL_PCT (6)Great wall_Helambu_NPL_PCT (7)Great wall_Helambu_NPL_PCT (8)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप