उत्तरपश्चिम पाकिस्तानको बन्नुमा दुई विस्फोट : ७ जनाको मृत्यु, ३ जना घाइते
इस्लामवाद । पाकिस्तानको उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तअन्तर्गत बन्नु जिल्लामा सडक किनारमा भएका दुई छुट्टाछुट्टै विस्फोटमा कम्तीमा ७ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार यात्रु बोकेको एक निजी पिकअप ट्रकलाई रिमोट–कन्ट्रोल गरिएको ‘इम्प्रोभाइज्ड एक्सप्लोसिभ डिभाइस’मार्फत लक्षित गरिएको थियो । घाइतेहरूलाई अस्पताल लैजाने क्रममा उद्धारका लागि प्रयोग गरिएको अर्को सवारी साधनमा पनि दोस्रो विस्फोट हुँदा थप मानवीय क्षति भएको बताइएको छ । दुवै विस्फोटमा तीन जना घाइते भएका छन् ।
घटनाको जिम्मेवारी तत्काल कुनै समूहले लिएको छैन । तर सो क्षेत्रमा तहरिक–ए–तालिवान पाकिस्तान (टिटिपी) सक्रिय रहँदै आएको सुरक्षा निकायले जनाएको छ ।
पाकिस्तानले देशभित्र पछिल्ला आक्रमणहरू बढ्नुमा छिमेकी अफगानिस्तानको भूमिलाई आधार बनाएर हुने गतिविधिलाई जिम्मेवार ठहर गर्दै आएको छ । यता काबुलस्थित तालिवान सरकारले भने आफ्नो भूमि आतङ्कवादी समूहलाई सुरक्षित आश्रयस्थलका रूपमा प्रयोग हुन दिएको भन्ने आरोप अस्वीकार गर्दै आएको छ ।
दुवै देशबिच पछिल्ला महिनाहरूमा सीमापार तनाव र हिंसात्मक झडपहरू समेत देखिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक सहायता र कुटनीतिक सम्बन्धमै प्रश्न उठाइरहेको ‘चुहारको पुल’
-
रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशन, धमधाम भइरहेको छ तयारी (तस्बिरहरू)
-
दयाहाङ र मिरुनाको जोडी रहने फिल्म 'रातो घेरा' निर्माण घोषणा
-
रास्वपा महाधिवेशनः चितवनमा ट्राफिक व्यवस्थापनमा कडाइ, महाधिवेशनस्थलमा सवारी निषेध
-
फासीवाद के हो?
-
हेटौंडाको प्रादेशिक थोक बजार सञ्चालन तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण