रास्वपा महाधिवेशनः यस्तो छ निर्वाचनको पूर्ण कार्यतालिका
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशन चितवनको भरतपुरमा आइतबारदेखि सुरु हुँदैछ ।
- महाधिवेशनका लागि प्राविधिक, प्रशासनिक तयारी पूरा भएको छ र प्रतिनिधिहरूको व्यवस्थापन सकिएको छ ।
- नयाँ नेतृत्व चयनका लागि निर्वाचन आयोगले विस्तृत कार्यतालिका सार्वजनिक गरेको छ, जसमा नामावली प्रकाशन, मनोनयन दर्ता र मतदानको समय तोकिएको छ ।
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशन भोलि आइतबारदेखि चितवनको भरतपुरस्थित औद्योगिक प्रदर्शनी केन्द्रमा भव्य रूपमा सुरु हुँदै छ ।
महाधिवेशनको पूर्वसन्ध्यामा आज शनिबार दिनभर महाधिवेशन स्थलमा अन्तिम तयारीका कामहरू तीव्र पारिएको छ ।
केन्द्रीय निर्वाचन आयोगले महाधिवेशनका लागि आवश्यक पर्ने प्राविधिक तथा प्रशासनिक सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । देशभरबाट चुनिएर आएका महाधिवेशन प्रतिनिधिहरूको आगमन र बसोबासको व्यवस्थापन मिलाउने काम आजै सम्पन्न गरिएको छ ।
यसैबिच पार्टीको निर्वाचन आयोगद्वारा कार्यतालिका सार्वजनिक गरिएको छ । महाधिवेशनका क्रममा हुने नयाँ नेतृत्व चयनका लागि रास्वपा केन्द्रीय निर्वाचन आयोगले विस्तृत कार्यतालिका सार्वजनिक गरेको हो ।
महाधिवेशन प्रतिनिधिहरूको प्रारम्भिक नामावली आज राति साढे ८ बजे पार्टीको वेबसाइटमार्फत प्रकाशन गरिनेछ । उक्त नामावलीमा दाबी–विरोधका लागि भोलि बिहानसम्मको समय दिइएको छ । त्यस्तै उम्मेदवारी मनोनयनका लागि फारम वितरण भोलि दिउँसो १ बजेदेखि सुरु हुने जनाइएको छ भने मनोनयन पत्र दर्ता दिउँसो २ बजेदेखि ४ बजेसम्म हुनेछ ।
उम्मेदवारहरू विरुद्ध दाबी–विरोध गर्ने समय साँझ ६ देखि ७ बजेसम्म तोकिएको छ । उम्मेदवारी फिर्ता लिन चाहनेहरूले राति सवा ८ बजेसम्मको समय पाउनेछन् । उम्मेदवारहरूको अन्तिम नामावली भोलि राति ११ बजे प्रकाशन गरिने निर्वाचन आयोगले जनाएको छ ।
पहिलो चरणको मतदान (पार्टी सभापति र केन्द्रीय सदस्यहरूका लागि) पर्सि बिहान साढे ८ बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ । मतदान सम्पन्न भएको २ घण्टापछि नै मतगणना सुरु गरी परिणाम घोषणा गरिने कार्यतालिका बनाइएको छ ।
महाधिवेशनलाई मध्यनजर गर्दै चितवनको सुरक्षा व्यवस्था कडा पारिएको छ भने पार्टीका झण्डा र चुनाव चिन्ह ुघण्टीु ले भरतपुर क्षेत्र सजिएको छ। पार्टी सभापति रवि लामिछाने लगायतका शीर्ष नेताहरू आजै चितवन पुगिसकेका छन् ।
महाधिवेशनले पार्टीको नयाँ नीति र नेतृत्व चयन गर्दै आगामी राजनीतिक दिशा तय गर्ने अपेक्षा गरिएको छ। दोस्रो चरणको उम्मेदवारी तथा थप निर्वाचन कार्यक्रम आवश्यकता अनुसार पछि प्रकाशन गरिने निर्वाचन आयोगले उल्लेख गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : रास्वपा महाधिवेशनको अन्तिम तयारीदेखि पूर्वगोर्खा सैनिकमाथि आक्रमणसम्म
-
इराकमा दुई महिनाभित्र तेल उत्पादन पुरानै स्तरमा फर्किने
-
सफाइकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’ लाई सम्मान
-
निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशकका लागि दरखास्त आह्वान
-
क्रियाशील दलित पत्रकार सङ्घमा नयाँ नेतृत्व
-
इरानले फेरि बन्द गर्यो होर्मुज स्ट्रेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण