इक्वेडर र कुरासाओबिचको खेल पहिलो हाफमा गोलरहित बराबरी
सारांश
- फिफा विश्वकप २०२६ अन्तर्गत समूह 'ई' मा इक्वेडर र कुरासाओबीचको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ।
- इक्वेडरले बल नियन्त्रण र आक्रमणमा दबाब बनाए पनि गोल गर्न सकेन, केही राम्रो अवसर सिर्जना गरे पनि कुरासाओका गोलरक्षक एलोय रुमले उत्कृष्ट बचाउ गरे।
- कुरासाओले पहिलो हाफभरि लक्ष्यतर्फ कुनै पनि प्रहार गर्न सकेन तर रक्षात्मक रूपमा अनुशासित प्रदर्शन गर्दै इक्वेडरलाई गोलबाट रोक्न सफल भयो।
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘ई’ मा इक्वेडर र कुरासाओबिचको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ।
कान्सास सिटी स्टेडियममा भइरहेको खेलमा इक्वेडरले बल नियन्त्रण र आक्रमणमा दबाब बनाए पनि गोल गर्न सकेन। पहिलो हाफमा उसले केही राम्रो अवसर सिर्जना गरेको थियो।
४२औँ मिनेटमा जोन येबोआहले गरेको प्रहारलाई कुरासाओका गोलरक्षक एलोय रुमले उत्कृष्ट बचाउ गर्दै टोलीलाई पछि पर्नबाट जोगाए। यस्तै, इक्वेडरले लगातार आक्रमण गरे पनि कुरासाओको रक्षापंक्तिलाई भेदन गर्न सकेन।
खेलको ३८औँ मिनेटमा इक्वेडरका जोर्डी अल्सिभारले पहेँलो कार्ड पाए भने एक मिनेटपछि कुरासाओका लिआन्ड्रो बाकुनालाई पनि रेफ्रीले पहेँलो कार्ड देखाए।
कुरासाओले पहिलो हाफभरि लक्ष्यतर्फ कुनै पनि प्रहार गर्न सकेन। यद्यपि, टोलीले रक्षात्मक रूपमा अनुशासित प्रदर्शन गर्दै इक्वेडरलाई गोलबाट रोक्न सफल भयो।
समूह चरणबाट अघि बढ्ने सम्भावना जीवित राख्न दुवै टोलीलाई जित आवश्यक रहेकाले दोस्रो हाफ थप प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण