रास्वपा महाधिवेशन
रास्वपाका संस्थापक सदस्य स्वतः केन्द्रीय समिति सदस्य हुने
आइतबार, ०७ असार २०८३, ०८ : २६
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संस्थापक सदस्यहरू स्वतः केन्द्रीय समिति सदस्य बन्ने भएका छन्।
- पार्टीको भरतपुरमा बसेको केन्द्रीय समिति बैठकले संस्थापकहरूलाई स्वतः केन्द्रीय सदस्य मनोनित गर्ने अधिकार सभापतिलाई प्रदान गरेको छ।
- रास्वपाको संशोधित विधान अनुसार १९ पदाधिकारी र १५१ सदस्यीय केन्द्रीय समिति रहनेछ, जसमा सात प्रदेशका सभापतिहरू पदेन सदस्य हुनेछन्।
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का संस्थापक सदस्य स्वतः केन्द्रीय समिति सदस्य हुने भएका छन् । हिजो भरतपुरमा बसेको केन्द्रीय समिति बैठकले संस्थापकलाई स्वतः केन्द्रीय सदस्य मनोनीत गर्ने अधिकार सभापतिलाई दिएको एक संस्थापक सदस्यले जानकारी दिए ।
पार्टी स्थापनाकालमा २१ जना केन्द्रीय सदस्य थिए । ती मध्ये डा मुकुल ढकाल अहिले रास्वपामा छैनन् । डिपी अर्याल सभामुख छन् ।
रास्वपाको संशोधित विधानमा १९ पदाधिकारी, १५१ सदस्यीय केन्द्रीय समिति रहने व्यवस्था छ । सात प्रदेशका सभापति पदेन सदस्य रहनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाको महाधिवेशनमा सुदूरपश्चिमबाट ५५० प्रतिनिधि सहभागी (सूचीसहित)
-
प्रवासबाट १६३ प्रतिनिधि सहभागी हुँदैछन् रास्वपाको महाधिवेशनमा (सूचीसहित)
-
कोशी प्रदेशबाट प्रदेशमा रास्वपा महाधिवेशशनमा ३९३ प्रतिनिधि (सूचीसहित)
-
कर्णाली प्रदेशमा रास्वपाका ३४३ प्रतिनिधि (सूचीसहित)
-
रास्वपाले मधेस प्रदेशको महाधिवेशन प्रतिनिधि नामावली सार्वजनिक गर्न सकेन
-
यी हुन् मधेस बाहेकका रास्वपाका महाधिवेशन प्रतिनिधि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण