आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
विश्वकप

ट्युनिसियाविरुद्ध जापानको सानदार जित

आइतबार, ०७ असार २०८३, ११ : ४२
आइतबार, ०७ असार २०८३

सारांश

  • फिफा विश्वकप २०२६ अन्तर्गतको समूह 'एफ' को खेलमा जापानले ट्युनिसियामाथि ४-० को सानदार जित दर्ता गरेको छ।
  • जापानको जितमा आयासे उएडाले दुई गोल गरे भने दाइची कामाडा र जुन्या इटोले एक-एक गोल थपे।
  • यस जितसँगै अब जापान समूह 'एफ' को शीर्ष स्थानका लागि नेदरल्याण्ड्ससँग प्रतिस्पर्धामा हुने छ।

काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गतको समूह 'एफ' को खेलमा जापानले ट्युनिसियामाथि ४-० को सानदार जित दर्ता गरेको छ। 

मेक्सिकोको मोन्टेरे स्टेडियममा आइतबार बिहान भएको खेलमा जापानले उत्कृष्ट प्रदर्शन गर्दै नकआउट चरण (अन्तिम ३२) को सम्भावनालाई निकै बलियो बनाएको हो।

जापानको जितमा आयासे उएडाले दुई गोल गरे भने दाइची कामाडा र जुन्या इटोले एक–एक गोल थपे। खेलको चौथो मिनेटमै केइतो नाकामुराको पासमा दाइची कामाडाले गोल गर्दै जापानलाई सुरुवाती अग्रता दिलाएका थिए। 

३१औं मिनेटमा उएडाले कोउ इताकुराको पासलाई गोलमा परिणत गर्दै पहिलो हाफमै टोलीलाई २-० को स्थितिमा पुर्‍याए।

दोस्रो हाफमा पनि जापानको दबदबा कायम रह्यो। ६९औं मिनेटमा जुन्या इटोले तेस्रो गोल गरे भने ८३औं मिनेटमा उएडाले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ४-० को फराकिलो जित दिलाए। ट्युनिसियाका डिफेन्डर र गोलकिपरले जापानको तीव्र गतिको आक्रमणलाई रोक्न सकेनन्।

यस जितसँगै अब जापान समूह 'एफ' को शीर्ष स्थानका लागि नेदरल्याण्ड्ससँग प्रतिस्पर्धामा हुने छ। पहिलो खेलमा नेदरल्याण्ड्ससँग बराबरी खेलेको जापानले अब गोल अन्तरका आधारमा समूह विजेता बन्ने लक्ष्य राखेको छ। अर्कोतर्फ, लगातार दुई खेलमा ९ गोल खाएको ट्युनिसिया भने प्रतियोगिताको समूह चरणबाटै बाहिरिने सङ्घारमा पुगेको छ।
जापानका प्रशिक्षकले खेलको अन्तिम समयमा आफ्ना मुख्य खेलाडीहरूलाई आराम दिएका थिए। ट्युनिसियाले केही गोल गर्ने प्रयास गरे पनि जापानी डिफेन्स र गोलकिपर जायोन सुजुकीले त्यसलाई विफल तुल्याइदिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप