‘क्रिटिक्स फिल्म अवार्ड’ : दायाहाङ र थिन्ले उत्कृष्ट, अन्य को–कसले पाए अवार्ड ?
काठमाडौं । अभिनेता दायाहाङ राई र अभिनेत्री थिन्ले ल्हामा उत्कृष्ट अभिनेता अभिनेत्री घोषित भएका छन् । चलचित्र समीक्षक समाज (फिक्सन)ले शनिबार बितरण गरेको ‘क्रिटिक्स फिल्म अवार्ड’मा यी कलाकार २०८१ को फिल्मबाट उत्कृष्ट ठहरिएका हुन् ।
राजधानीमा आयोजित एक कार्यक्रममा समाज (फिक्सन)ले २०८१को दश र २०८२ सालको ८ ‘क्रिटिक्स फिल्म अवार्ड’ एकसाथ वितरण गरेको हो । जसलाई महजोडी (मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य)देखि नवीन सुब्बासम्मले अवार्ड प्रदान गरे ।

२०८१को अवार्ड विजेताहरू
१. उत्कृष्ट फिल्मः शाम्बाला
२. उत्कृष्ट निर्देशकः मीनबहादुर भाम (शाम्बाला)
३. उत्कृष्ट अभिनेता : दयाहाङ राई (गाउँ आएको बाटो)
४. उत्कृष्ट अभिनेत्री : थिन्ले ल्हामो (शाम्बाला)
५. उत्कृष्ट पटकथा/लेखनः सरिष्मा खत्री र सिद्धार्थ पुडासैनी (सानो संसार)
६. उत्कृष्ट छायांकनः आलोक शुक्ला (आँखा)
७. उत्कृष्ट सम्पादन: जे. हिम ली र एलेक्स गुर्भिट्स (राजागञ्ज)
८. उत्कृष्ट साउण्ड डिजाइनः किशोर आचार्य (गाउँ आएको बाटो)
९. स्पेसल मेन्सन (अभिनय): सुपला सापकोटा (बोक्सीको घर)
१०. स्पेसल मेन्सन (कला निर्देशन): रोशन दिवाना (पूर्ण बहादुरको सारङ्गी)
२०८२का अवार्ड विजेताहरू
१. उत्कृष्ट फिल्मः ऊनको स्वीटर
२. उत्कृष्ट निर्देशकः नवीन चौहान ( ऊनको स्वीटर)
३. उत्कृष्ट अभिनेताः हरिवंश आचार्य (भूठान)
४. उत्कृष्ट अभिनेत्री आना शर्मा (रमिताको पिरती)
५. उत्कृष्ट पटकथाः नवीन चौहान/सुरज कटुवाल (ऊनको स्वीटर)
६. उत्कृष्ट छायाङ्कनः सुशन प्रजापति (भूठान)
७. उत्कृष्ट सम्पादन: अञ्जय खड्का (भूठान)
८. उत्कृष्ट पाश्र्व संगीतः कोविद बज्र (ऊनको स्वीटर)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपालाई बाबुरामको सुझाव : चुपचाप घण्टी छाप अब सुशासन र विकासमा परिणत गर्नुस्
-
मेयरले गरिन् गुनासो, अर्थमन्त्रीले भनेः धेरै बोल्ने अवस्था छैन
-
राष्ट्रिय राजनीतिमा रास्वपा कहाँ उभिन्छ भन्ने प्रश्न सबैतिर छ : प्रदीप ज्ञवाली
-
लागुऔषध मुद्दाका फरार राई शङ्खपार्कबाट पक्राउ
-
अमेरिका–इरान वार्ताका लागि पाकिस्तानी प्रधानमन्त्री र सेना प्रमुख स्विट्जरल्याण्डमा
-
रास्वपालाई एमाले उपमहासचिव ज्ञवालीको सुझाव : गाडीमा एक्सिलेटरसँगै ब्रेक पनि चाहिन्छ, दुर्घटनाबाट जोगिनुहोला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण