आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय

एनसेल र ट्रिप टर्बोबीच साझेदारी : बस, जहाज र साहसिक पर्यटनमा भारी छुटको सुविधा

आइतबार, ०७ असार २०८३, १३ : ३२
आइतबार, ०७ असार २०८३

सारांश

  • एनसेलका ग्राहकहरूले अब मोबाइल एपमार्फत बस र हवाई टिकट बुकिङ गर्दा तथा विभिन्न साहसिक गतिविधिहरूमा सहभागी हुँदा आकर्षक छुट पाउने भएका छन्।
  • एनसेल र ट्रिप टर्बोबीचको साझेदारीमा ग्राहकहरूले ९९ रुपैयाँ वा सोभन्दा बढी मूल्यको प्याक खरिद गरी ८ हजार रुपैयाँसम्मको बचत गर्न सक्नेछन्।
  • यो सहकार्यले ग्राहकहरूलाई डिजिटल माध्यमबाट यात्रा र मनोरञ्जनात्मक गतिविधिका लागि सहजै बुकिङ गर्न र विशेष सहुलियत प्राप्त गर्न सक्ने वातावरण बनेको छ।

काठमाडौँ । एनसेलका ग्राहकहरूले अब मोबाइल एपमार्फत बस र हवाई टिकट बुकिङ गर्दा तथा विभिन्न साहसिक गतिविधिहरूमा सहभागी हुँदा आकर्षक छुट पाउने भएका छन् । एनसेल र अग्रणी ट्राभल प्लेटफर्म ट्रिप टर्बोबीच भएको नयाँ साझेदारीसँगै ग्राहकहरूले ८ हजार रुपैयाँसम्मको बचत गर्न सक्ने सुविधा ल्याइएको हो।

यो योजनाअन्तर्गत ९९ रुपैयाँ वा सोभन्दा बढी मूल्यको प्याक खरिद गर्ने हरेक एनसेल ग्राहक यस छुटका लागि योग्य हुनेछन्। ग्राहकहरूले एनसेल एपको ‘पार्टनर्ड सर्भिसेज’ भित्र रहेको ट्रिप टर्बो सेक्सनमा गएर यी सुविधाहरू उपभोग गर्न सक्नेछन्। यस सहकार्यले गर्दा अब ग्राहकहरूले डिजिटल माध्यमबाटै यात्रा र मनोरञ्जनात्मक गतिविधिका लागि सहजै बुकिङ गर्न र विशेष सहुलियत प्राप्त गर्न सक्ने वातावरण बनेको छ।

छुटको विवरण अनुसार ग्राहकहरूले विभिन्न साहसिक खेल तथा गतिविधिहरूमा ८ हजार रुपैयाँसम्मको ठूलो छुट पाउनेछन्। त्यसैगरी, पहिलो पटक आन्तरिक हवाई यात्राको टिकट बुकिङ गर्दा २०० रुपैयाँ र त्यसपछिका हरेक उडानमा १४० रुपैयाँ छुटको व्यवस्था गरिएको छ। सडक यात्रा गर्नेहरूका लागि बस टिकट बुकिङमा १११ रुपैयाँ बचत हुने कम्पनीले जनाएको छ।

साझेदारीका बारेमा बोल्दै एनसेलका चीफ कन्ज्युमर बिजनेस अफिसर उपाङ्ग दत्ताले एनसेल केवल सञ्चार सेवामा मात्र सीमित नरही ग्राहकको जीवनशैली र यात्रालाई सहज बनाउन प्रतिबद्ध रहेको बताए । उनले ट्रिप टर्बोसँगको यो सहकार्यले ग्राहकहरूको यात्रालाई थप किफायती र सुविधाजनक बनाउने विश्वास व्यक्त गरे।

एनसेलले पछिल्लो समय आफूलाई डिजिटल लाइफस्टाइल पार्टनरका रूपमा अघि बढाउँदै लगेको छ। परम्परागत दूरसञ्चार सेवाभन्दा बाहिर गएर ग्राहकलाई थप लाभ दिने उद्देश्यले एनसेल एपको इकोसिस्टममा यस्ता नवीन सेवाहरू एकीकृत गरिएको हो।

ट्रिप टर्बोले हाल आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान, होटल बुकिङ र होलिडे प्याकेजहरू प्रदान गर्दै आएको छ, जसमा एनसेलको यो साझेदारीले डिजिटल प्रयोगकर्ताहरूका लागि नयाँ अवसर थपेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप