आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय

विजय र अञ्जनाको मुख्य भूमिका रहेको ‘सिन्दुरे जात्रा’ मंसिरमा रिलिज हुने

आइतबार, ०७ असार २०८३, १४ : १४
आइतबार, ०७ असार २०८३

काठमाडौँ । फिल्म ‘सिन्दुरे जात्रा’ मंसिर ४ गतेबाट प्रदर्शनमा आउने भएको छ ।

निर्माण युनिटले फिल्मको प्रदर्शन मिति सार्वजनिक गरेको हो । फिल्मका निर्देशक सरोज पौडेल हुन् ।

निर्देशक पौडेलले वितरकसँग सल्लाह गरेर रिलिज मिति तय गरिएको बताए । ‘हामी सबैको उपयुक्त समय हेरेर मंसिर ४ गते आउने निर्णयमा पुगेका हौँ,’ निर्देशक पौडेलले भने ।

सारंगी फिल्मस्को प्रस्तुतिमा निर्माण भएको फिल्ममा विजय बराल र अञ्जना बराइलीको मुख्य भूमिका छ । निर्देशक पौडेलसँग बिजय र अन्जनाको यो दोस्रो सहकार्य हो । यस अघि उनीहरुले पौडेलको ‘पूर्णबहादुरको सारङ्गी’मा काम गरेका थिए । जुन इतिहासकै सर्वाधिक कमाउने नेपाली फिल्म बनेको छ ।

फिल्ममा विनोद न्यौपाने, कमलमणि नेपाल, लोकेन्द्र लेखक, भोलाराज सापकोटा, विनोद न्यौपाने, पूर्वमिस नेपाल उषा खड्गीलगायतका कलाकारहरूको पनि अभिनय छ ।

निर्देशक पौडेलकै लेखन रहेको फिल्ममा पटकथा तथा संवाद सविन अधिकारी र वसन्त न्यौपानेको छ । फिल्मका कार्यकारी निर्माता दिनेश खड्का हुन् भने आकाश, सुमन रञ्जित र श्याम मगर सह–निर्मातामा रहेका छन् । बाबु श्रेष्ठले छायांकन, नहकुल खड्काको सम्पादन र प्रशान्त सिवाकोटी, रिदम कँडेल र नन्दु परियारको संगीत फिल्ममा छ ।

आरआर फिल्मसका रोहित कट्टेल र रत्न श्रेष्ठले फिलम बितरण गर्दै छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप