गाजा शहरमा इजरायली हवाई आक्रमण, दुई बालिकासहित ५ जनाको मृत्यु
काठमाडाैँ । गाजा शहरको मध्य र उत्तरी क्षेत्रमा शनिवार इजरायलले गरेको दुई छुट्टाछुट्टै हवाई आक्रमणमा परी दुई बालिकासहित पाँच जना प्यालेस्टिनीको मृत्यु भएको छ।
गाजाको नागरिक रक्षा विभागका प्रवक्ता महमुद बसलका अनुसार इजरायली सेनाले एक आवासीय अपार्टमेन्ट र सर्वसाधारणको समूहलाई लक्षित गरी सो हमला गरेको हो।
हमासद्वारा सञ्चालित सञ्चार कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार सन् २०२५ अक्टोबरमा युद्धविराम शुरु भए यता गाजामा हालसम्म १ हजार १२ जनाको मृत्यु भएको छ भने ३ हजार २०८ जना घाइते भएका छन् ।
यसैगरी मानवीय सहायताको अवस्थाबारे जानकारी दिँदै उक्त कार्यालयले इजरायली सेनाले हालसम्म सहायता सामग्री बोकेका १ लाख ५० हजार ६ सय ट्रकहरूमध्ये ५४ हजार २३ वटालाई मात्र गाजा प्रवेशको अनुमति दिएको जनाएको छ।
त्यस्तै, सीमा पार गर्न अनुमति पर्खिरहेका २० हजार ६ सय व्यक्तिमध्ये हालसम्म ७ हजार ४ सय १७ जनाले मात्र अनुमति पाएको उल्लेख गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपालाई लिङ्देनको सुझाव – जनताले दिएको अवसर ऐतिहासिक छ, यसलाई नचुकाउनुस्
-
रास्वपालाई विभिन्न देशका पार्टीले दिए शुभकामना
-
रास्वपाको पहिलो ऐतिहासिक महाधिवेशन उद्घाटन [LIVE UPDATES]
-
रास्वपा महाधिवेशनः सहभागीलाई वितरण गरेर मोहीको प्रवर्द्धन (फोटोफिचर)
-
नेपाली संगीतले विश्व बजारमा ठाउँ बनाउँदैछ
-
बालेनले राजा ल्याउँछ भनेर जनताले मत दिए : राजेन्द्र लिङ्देन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण