रवि र बालेनले घण्टी बजाएर गरे रास्वपाको महाधिवेशन उद्घाटन, तस्बिरहरू
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशन चितवनको भरतपुरमा सुरु भएको छ।
- पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेन्द्र (बालेन) शाहले संयुक्त रूपमा घण्टी बजाएर महाधिवेशनको उद्घाटन गरेका छन्।
- तीन दिनसम्म चल्ने यस महाधिवेशनले नयाँ नीति र नेतृत्व चयन गर्नेछ।
काठमाडौँ। पार्टी गठन भएको करिब चार वर्षमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशन सुरु भएको छ।
चितवनको भरतपुरस्थित उद्योग वाणिज्य सङ्घको खुला चौरमा तयार मञ्चमा आइतबार पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री समेत रहेका वरिष्ठ नेता बालेन्द्र (बालेन) शाहले महाधिवेशनको संयुक्त रूपमा घण्टी बजाएर उद्घाटन गरेका हुन्।
महाधिवेशनमा रास्वपाका ४ हजार २ सय भन्दा बढी प्रतिनिधि सहभागी भएका छन्।
महाधिवेशनमा शुभकामना दिन पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, नेपाली कांग्रेसका सभापति गगन थापा, नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का नेता वर्षमान पुन, नेकपा एमालेका नेता प्रदीप ज्ञवाली, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष डा. सीके राउत र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देन महाधिवेशनमा पुगेका छन्।
तीन दिनसम्म चल्ने महाधिवेशनले नयाँ नीति र नेतृत्व चयन गर्नेछ।
_5f5GzwtguU.jpg)
_BSqzznMGu9.jpg)
_iFFZS30nrR.jpg)
_8tHdywWtRl.jpg)
_4lTKaejRZz.jpg)
_6DibZcs3FV.jpg)
_KZ3g0JHkJT.jpg)
_peDIK6iBhA.jpg)
_3iGnQ7rRm6.jpg)
_HcF3txsWnc.jpg)
_Lm1K7Heutg.jpg)
_e7bKJjtESW.jpg)
_6HPSUQL1vH.jpg)
_O5HTWpTZHR.jpg)
_916U1OcySY.jpg)
_cxzTSP20cF.jpg)
_pPF2KJsY6E.jpg)
_2OkFOmcWvk.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपक्षी दल नेकपाले गर्यो बजेट परिमार्जन गर्नुपर्ने माग
-
चार अदालतबाट मुद्दा संशोधनपछि रवि लामिछानेको राजनीतिक यात्रा सहज दिशा उन्मुख
-
फ्रान्समा गर्मीको कहर : बालबालिकालाई खेल्दा सावधानी अपनाउन सुझाव, सेनालाई पनि मौसमजन्य सावधानीका लागि चेतावनी
-
९६ वर्षका १००० खेलमा विश्वकप फुटबलले कोरेको इतिहास
-
बालेनले रास्वपा महाधिवेशनमा दिए संसद्मा उठेका प्रश्नकाे जवाफ
-
अत्यधिक रक्तश्राव भएकी महिलाको हेलिकाेप्टरमार्फत उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण