आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मधेस प्रदेश र १३ जिल्लामा रास्वपाको अधिवेशन गर्न बाँकी

आइतबार, ०७ असार २०८३, १५ : १२
आइतबार, ०७ असार २०८३

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ६ प्रदेश र ६४ जिल्लामा अधिवेशन सम्पन्न गरेको छ ।
  • मधेस प्रदेश र १३ जिल्लामा भने अधिवेशन हुन बाँकी रहेको महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।
  • ६०९ पालिकामा पार्टीको तदर्थ समिति गठन भएर अधिवेशन सम्पन्न भएको छ ।

काठमाडौँ । आइतबारदेखि पहिलो अधिवेशन सुरु गर्न गइरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ६ प्रदेश र ६४ जिल्लामा अधिवेशन गरेको जनाएको छ ।

मधेस प्रदेश र १३ जिल्लामा भने अधिवेशन नभएको महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए । महाधिवेशनको उद्घाटन सत्र सुरु हुने बेलामा बोल्दै महामन्त्री बुर्लाकोटीले अधिवेशन नभएका १३ जिल्ला र मधेस प्रदेशबाट पनि प्रतिनिधि आउने व्यवस्था गरिएको जानकारी दिए । 

त्यस्तै महामन्त्री बुर्लाकोटीले ६०९ पालिकामा पार्टीको तदर्थ समिति गठन भएर अधिवेशन सम्पन्न भएको जानकारी दिए। बाँकी प्रदेश, जिल्ला र स्थानीय तहमा अधिवेशन गर्ने तयारी भइरहेको उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप