रास्वपाले सामाजिक न्यायसहितको लोकतान्त्रिक प्रणालीप्रतिको प्रतिबद्धता अझ स्पष्ट गर्नुपर्छ : वर्षमान पुन
सारांश
- नेता वर्षमान पुनले राष्ट्रिय स्वतन्त्र पार्टीलाई सामाजिक न्यायसहितको सङ्घीय लोकतान्त्रिक गणतन्त्रप्रति अझ स्पष्ट र बलियो प्रतिबद्धता व्यक्त गर्न आग्रह गरेका छन् ।
- उनले नयाँ राजनीतिक शक्तिका रूपमा छोटो समयमै उल्लेखनीय जनसमर्थन हासिल गरेको रास्वपामाथि देशको विशेष चासो र अपेक्षा रहेको बताए ।
- पुनले महाधिवेशनबाट तय हुने नेतृत्व, विचार, रणनीति र कार्यदिशाले राष्ट्रिय राजनीतिमा प्रभाव पार्ने भएकाले यसको महत्त्व विशेष रहेको बताए ।
चितवन । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता वर्षमान पुनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई सामाजिक न्यायसहितको सङ्घीय लोकतान्त्रिक गणतन्त्रप्रति अझ स्पष्ट र बलियो प्रतिबद्धता व्यक्त गर्न आग्रह गरेका छन् ।
आइतबार रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहलाई भरतपुरमा सम्बोधन गर्दै पुनले नयाँ राजनीतिक शक्तिका रूपमा छोटो समयमै उल्लेखनीय जनसमर्थन हासिल गरेको रास्वपामाथि देशको विशेष चासो र अपेक्षा रहेको बताए ।
महाधिवेशनबाट तय हुने नेतृत्व, विचार, रणनीति र कार्यदिशाले राष्ट्रिय राजनीतिमा प्रभाव पार्ने भएकाले यसको महत्त्व विशेष रहेको उनको भनाइ थियो ।
‘विशाल जनमतसहितको सत्तारुढ दलको यो महाधिवेशनलाई सिङ्गो देशले हेरिरहेको छ । यसकारण पनि तपाईंहरुको महाधिवेशनमाथि धेरैको आँखा छ कि महाधिवेशनबाट तपाईंहरुले कस्तो नेतृत्व, विचार, रणनीति र कार्यदिशा तय गर्नुहुन्छ भन्ने विषयले समग्र राष्ट्रिय जीवनलाई नै प्रभाव पार्दछ । तपाईंहरु यस महाधिवेशनमार्फत पहिलो पटक देशव्यापी रूपमा पूर्ण सङ्गठनको आकारमा जाँदै हुनुहुन्छ’, पुनले भने, ‘तपाईं र हामीबिचमा केही भिन्नताहरू छन् । ती भिन्नता केही आशङ्काको तहमा, केही नीतिगत, केही व्यवहारगत र केही शैलीगत छन् ।’
‘हामीलाई तपाईंहरुको नियतमाथि शंका छैन, तर सामाजिक न्यायसहितको सङ्घीय लोकतान्त्रिक प्रणालीप्रति तपाईंहरुबाट अझ उच्च तहको प्रतिबद्धता आइदेओस् भन्ने चाहन्छौँ । मलाई विश्वास छ, यो ऐतिहासिक महाधिवेशनले तपाईंहरुमाथिका संविधान, लोकतन्त्र, स्थापित प्रणालीजस्ता विषयमा रहेका प्रश्न, आरोप र आशङ्काहरूलाई मेटाउन सफल हुनेछ । यो पहिलो महाधिवेशनले तपाईंहरुलाई वैचारिक तथा सङ्गठनात्मक दिशा निर्देश एवं स्पष्टता प्रदान गर्ने गर्नेछ भन्ने शुभेच्छा प्रकट गर्दछु’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकी प्रदेशमै उत्कृष्ट बन्यो गलकोट नगर अस्पताल
-
राष्ट्रिय मुवाँथाई प्रतियोगितामा दीक्षा फाइनलमा
-
प्राज्ञिक तिर्थ पाणिनि तपोभूमिबारे विमर्श
-
बालेनले रास्वपा महाधिवेशनमा दिए संसद्मा उठेका प्रश्नकाे जवाफ
-
राहदानी छपाइ प्रकरणः पूर्वपरराष्ट्रमन्त्री श्रेष्ठसँग अख्तियारले लियो बयान
-
रास्वपाको महाधिवेशनस्थलमा रवि–बालेनको डमी, तस्बिरहरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण