सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय
अपडेट

रास्वपामा महाधिवेशन प्रतिनिधि सङ्ख्या बढ्यो, ४५ सय पुग्ने

सोमबार, ०८ असार २०८३, १५ : १६
सोमबार, ०८ असार २०८३

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरूको सङ्ख्या बढेको छ ।
  • पार्टीका सांसद एवं नेता मनिष झाले भरतपुरमा जारी महाधिवेशनमा ४ हजार ३ सयभन्दा बढी प्रतिनिधि सहभागी भएको जानकारी दिए ।
  • उनले यो सङ्ख्या ४ हजार ५ सयसम्म पुग्न सक्ने र प्रवासबाट अपेक्षितभन्दा चार गुणा बढी प्रतिनिधिहरूको सहभागिता रहेको बताए ।

चितवन । रास्वपा महाधिवेशन प्रतिनिधिको सङ्ख्या बढेको छ । चितवनको भरतपुरमा जारी महाधिवेशनको पछिल्लो अवस्थाबारे जानकारी दिँदै रास्वपाका सांसद एवं नेता मनिष झाले सुरुमा ३ हजार प्रतिनिधिको आकलन गरिए पनि हाल ४ हजार ३ सयभन्दा बढी प्रतिनिधि सहभागी भइसकेको बताए । 

‘यो सङ्ख्या ४ हजार ५ सयसम्म पुग्न सक्ने देखिन्छ’, झाले भने, ‘प्रवासबाट समेत अपेक्षितभन्दा चार गुणा बढी प्रतिनिधिहरूको सहभागिता रहेको छ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप