रास्वपाका सदस्य ५ लाख २३ हजार, सबैभन्दा धेरै मधेसमा
मङ्गलबार, ०९ असार २०८३, १७ : ३२
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सदस्यता लिनेको संख्या ५ लाख २३ हजार ४६५ रहेको छ।
महामन्त्री कविन्द्र बुर्लाकोटीले चितवनमा जारी महाधिवेशनमा पेस गरेको साङ्गठनिक प्रतिवेदनमा उक्त संख्यामा सदस्यहरू रहेको खुलाएका छन्।
महामन्त्री बुर्लाकोटीको प्रतिवेदन अनुसार त्यसमध्ये पुरुष सदस्यको संख्या ३ लाख ९६ हजार ७८९ रहेको छ भने महिलाको संख्या ८९ हजार ८९६ छ।
जसमध्ये सबैभन्दा धेरै मधेस प्रदेशमा सदस्य रहेका छन्। मधेस प्रदेशमा कुल सदस्यको २३.३ प्रतिशत, बागमतीमा २०. ५ प्रतिशत, कोशी १४ प्रतिशत, लुम्बिनी १४. ५ प्रतिशत, गण्डकी ११. ८ प्रतिशत, सुदूरपश्चिम १०.६ र कर्णालीमा ५.२ प्रतिशत सदस्य रहेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शीर्ष स्थानका लागि इङ्गल्याण्ड र घाना भिड्दै
-
सिटी स्क्यान सेवा बिग्रिएपछि भरतपुर अस्पतालमा बिरामीलाई वैकल्पिक व्यवस्था
-
रास्वपा महाधिवेशनमा चुनावी रौनक: आफ्नो प्रतिनिधिको लागि भोट माग्दै समर्थक (तस्बिरहरु)
-
समाजवादी कम्युनिस्ट पार्टी नेपालको महासचिवमा अशोक सुवेदी चयन
-
रोनाल्डो बने लगातार ६ विश्वकपमा गोल गर्ने पहिलो खेलाडी, पोर्चुगलद्वारा उज्बेकिस्तान स्तब्ध
-
शङ्खरापुरमा एक अर्ब ५१ करोडको बजेट पारित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण