शुक्रबार, १२ असार २०८३
ताजा लोकप्रिय

रास्वपा केन्द्रीय सदस्यमा आदिवासी–जनजाति समूहबाट काे काे भए निर्वाचित ?

शुक्रबार, १२ असार २०८३, ०८ : ३३
शुक्रबार, १२ असार २०८३

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्यमा आदिवासी/जनजाति समूहबाट पुरुष र महिलातर्फ विभिन्न उम्मेदवार निर्वाचित भएका छन्।
  • पुरुषतर्फ मिलन लिम्बुले सर्वाधिक १ हजार ५३६ मत प्राप्त गर्दै निर्वाचित भएका छन्।
  • महिलातर्फ आशिका तामाङले सर्वाधिक १ हजार ४५० मत प्राप्त गर्दै निर्वाचित भएकी छन्।

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्यमा आदिवासी/जनजाति समूहबाट पुरुष र महिलातर्फ गरी विभिन्न उम्मेदवार निर्वाचित भएका छन्।

रास्वपा निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार पुरुषतर्फ मिलन लिम्बुले सर्वाधिक १ हजार ५३६ मत प्राप्त गर्दै निर्वाचित भएका छन्। त्यसपछि शकर श्रेष्ठले १ हजार ४९४, तेस्रो स्थानमा रहेका उम्मेदवारले ८३४, महेश लामाले ८०९ र कृष्णमान श्रेष्ठले ७९० मत प्राप्त गर्दै निर्वाचित भएका छन्।

यस्तै महिलातर्फ आशिका तामाङले सर्वाधिक १ हजार ४५० मत प्राप्त गर्दै निर्वाचित भएकी छन्। अनुष्का श्रेष्ठले १ हजार ३८०, निशा श्रेष्ठले १ हजार २६० र महर्जनले १ हजार १२८ मत प्राप्त गर्दै निर्वाचित भएका छन्।

रास्वपा निर्वाचन आयोगले उक्त मतपरिणाम सार्वजनिक गरेको हो।

adhibashi

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप