आज १ अर्बको दही कारोबार हुने, देशभर ७५ लाख लिटर खपतको अनुमान
सारांश
- राष्ट्रिय धान दिवस तथा असार १५ को अवसरमा देशभर करिब ७५ लाख लिटर दही खपत भई झन्डै १ अर्ब रुपैयाँको कारोबार हुने अनुमान छ ।
- यो पर्व नेपाली कृषि संस्कृति र दुग्ध व्यवसायको आर्थिक चक्रलाई गति दिने प्रमुख माध्यम बनेको छ ।
- दैनिक ७६ लाख लिटर दूध उत्पादन हुने यस क्षेत्रमा करिब ६ लाख किसान परिवार आबद्ध छन् ।
काठमाडौँ । राष्ट्रिय धान दिवस तथा असार १५ को अवसरमा नेपालभर करिब ७५ लाख लिटर दही खपत भई झन्डै १ अर्ब रुपैयाँ बराबरको आर्थिक कारोबार हुने अनुमान गरिएको छ । नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रह्लाद दाहालका अनुसार यो पर्व नेपाली कृषि संस्कृति र दुग्ध व्यवसायको आर्थिक चक्रलाई गति दिने एक प्रमुख माध्यमका रूपमा स्थापित भएको छ ।
असार १५ मा दही–चिउरा खाने परम्परा केवल सांस्कृतिक अभ्यास मात्र नभई नेपाली कृषि अर्थतन्त्र र स्वदेशी उत्पादनको प्रवर्द्धनका लागि महत्त्वपूर्ण अवसर भएको अध्यक्ष दाहाल बताउँछन् । यो खपतले दूध उत्पादक किसान, दुग्ध सहकारी संस्था, डेरी उद्योग तथा समग्र दुग्ध मूल्य शृङ्खलामा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ ।
अध्यक्ष दाहालका अनुसार नेपालमा हाल दैनिक ७६ लाख लिटर दूध उत्पादन हुँदै आएको छ । यस क्षेत्रमा मुलुकभरका करिब ६ लाख किसान परिवार प्रत्यक्ष रूपमा आबद्ध छन् । दुग्ध क्षेत्रले नेपालको कृषि कुल गार्हस्थ्य उत्पादनमा उल्लेखनीय योगदान पुर्याउनुका साथै हजारौँलाई प्रत्यक्ष एवं अप्रत्यक्ष रोजगारी प्रदान गरेर ग्रामीण अर्थतन्त्रलाई चलायमान बनाएको छ ।
नेपाली समाजमा परम्परागत रूपमा प्रयोग गरिने दही र मोहीको पोषणमूलक महत्त्व रहेको छ । दहीमा उच्च गुणस्तरको प्रोटिन, क्याल्सियम, फस्फोरस, र भिटामिन बी–१२ जस्ता पोषक तत्त्वहरू पाइन्छन्, जसले पाचन प्रणाली र रोग प्रतिरोधात्मक क्षमतालाई सुदृढ बनाउँछन् ।
मोही नेपाली जीवनशैलीको अर्को एक अमूल्य र स्वास्थ्यबर्धक पेय पदार्थ हो । पछिल्लो समय आयातित र कृत्रिम पेय पदार्थको बढ्दो प्रयोगबिच केही दुग्ध उद्योगहरूले व्यावसायिक रूपमा मोही उत्पादन सुरु गर्नुलाई सकारात्मक सङ्केतका रूपमा लिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानद्वारा ब्राजिल विरुद्ध १–० को सुरुवाती अग्रता, २९औँ मिनेटमा काइशु सानोको गोल
-
घट्दै रोपाइँको क्षेत्रफल
-
ट्रम्प लज्जास्पद रूपमा असफल : बाइडेन
-
यू–२० राष्ट्रिय रग्बी: महिलातर्फ बागमती र कोशी फाइनलमा, पुरुषतर्फको सेमिफाइनल समीकरण पूरा
-
मौलाकालिका जलविद्युत आयोजनाको भौतिक प्रगति ३० प्रतिशत
-
नेपालमा रहेका भारतीय नागरिकलाई राहत : अब काठमाडौँबाटै सिंगापुरको भिसा आवेदन दिन सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण