सङ्घीयता सङ्घर्ष र त्यागले आएको हो, हटाउने प्रयास नगर्नुस् : सांसद खालिद
सारांश
- जनता समाजवादी पार्टी (जसपा) नेपालका सांसद मोहम्मद खालिदले सङ्घीयता नेपाली जनताको लामो सङ्घर्ष, शहादत र त्यागबाट प्राप्त भएको बताएका छन् ।
- उनले सङ्घीयता असफल भयो, खर्चिलो भयो भन्ने भ्रम फैलाएर यसलाई कमजोर पार्ने प्रयास भइरहेको र यसलाई अधिकार तल्लो तहसम्म पुर्याउने माध्यमको रूपमा बुझ्नुपर्ने बताए ।
- सांसद खालिदले कमला पुलको जीर्ण अवस्था र सुकुमबासीहरूलाई वैकल्पिक व्यवस्था नगरी हटाउन लागिएको विषयमा पनि सरकारको ध्यानाकर्षण गराएका छन् ।
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले सङ्घीयता कसैको दाया मायाले नभई सङ्घर्ष र त्यागले आएको बताउँदै हटाउने प्रयास नगर्न चेतावनी दिएको छ । राष्ट्रियसभाको सोमबारको बैठकमा विशेष समयमा बोल्दै जसपा नेपालका सांसद मोहम्मद खालिदले सङ्घीयता कसैको दया–मायाले नभई नेपाली जनताको लामो सङ्घर्ष, शहादत र त्यागबाट प्राप्त भएको बताए ।
‘सङ्घीयता असफल भयो, खर्चिलो भयो भन्दै भ्रम फैलाएर यसलाई कमजोर पार्ने प्रयास भइरहेको छ,’ उनले भने, ‘सङ्घीयता हात्ती पाल्नु जस्तो होइन, यो त अधिकार तल्लो तहसम्म पुर्याउने माध्यम हो ।’
निर्वाचनअघि प्रधानमन्त्री र विभिन्न नेताहरूले मधेस पुगेर गरेका प्रतिबद्धताहरू स्मरण गराउँदै उनले थारु, मधेसी, जनजाति, दलित र मुस्लिमहरूको अधिकार सुनिश्चित गर्न सङ्घीयतालाई थप बलियो बनाउनुपर्ने बताए । आलिदले वर्तमान सरकारले सङ्घीयता विरोधी बाटो नअङ्गाली यसलाई समृद्ध बनाउने दिशामा पाइला चाल्ने बताए ।
सांसद खालिदले सिराहा र धनुषा जोड्ने कमला पुलको जीर्ण अवस्थाबारे पटक–पटक आवाज उठाउँदा पनि सरकारले नसुनेको बताए । ‘सम्बन्धित निकायले करोडौँ खर्च गरेर बनाएको अस्थायी डाइभर्सन पनि बगाइसक्यो,’ उनले भने, ‘अहिले दुवै जिल्ला सम्पर्कविहीन छन् । कम्तीमा साइकल र मोटरसाइकल गुड्ने गरी वैकल्पिक व्यवस्था गर्न म सरकारसँग आग्रह गर्दछु ।’
सुकुमबासीहरूलाई होल्डिङ सेन्टरबाट हटाउन लागिएको प्रसङ्ग उल्लेख गर्दै खालिदले विकल्पविहीन उठिबास लगाउनु अन्यायपूर्ण भएको बताए । उनले घरबार तोड्नुअघि उचित व्यवस्थापन गर्न सरकारलाई सुझाव दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पत्रकार महासङ्घ रुपन्देहीद्वारा ३ जना पत्रकार पुरस्कृत
-
बढ्दो सहरीकरणसँगै उपत्यकामा धान रोप्ने ठाउँको अभाव
-
विद्यार्थी सङ्गठनको संरचना हटाउने पत्राचारमा स्ववियुकाे आपत्ति, भन्याे– विश्वविद्यालयलाई सरकारको छाया बनाउन खोजियाे
-
अमेरिका र इरानबिच जारी तनाव मत्थर बनाउन सहमति
-
६० वर्ष उमेर पूरा भइसकेका विद्यालय कर्मचारीहरूलाई नहटाउन आग्रह
-
नेदरल्यान्ड्सविरुद्ध मोरक्को : मैदानको भिडन्तभन्दा पर आप्रवासन र पहिचानको कथा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण