‘प्रधानमन्त्रीका सल्लाहकारले संवैधानिक अङ्गका प्रमुखलाई बोलाएर निर्देशन दिने अधिकार कसले दियो ?’
सारांश
- नेकपा एमालेले प्रधानमन्त्रीका सल्लाहकारहरूले संवैधानिक अङ्गका प्रमुख र न्यायाधीशहरूलाई बोलाएर निर्देशन दिने अधिकार कसले दियो भनी प्रश्न गरेको छ ।
- एमाले सांसद सोमनाथ पोर्तेलले प्रधानमन्त्रीका सल्लाहकारहरूले संवैधानिक अङ्गका प्रमुख र न्यायाधीशहरूलाई बोलाएर निर्देशन दिने र ज्यान मार्ने धम्की दिने गरेको भन्दै यस्ता असंवैधानिक कार्यहरू तत्काल रोकिनुपर्ने बताएका छन् ।
- पोर्तेलले सरकारको १०० दिनका १०० बुँदे बाचाहरूमध्ये दलित समुदायप्रतिको राज्यको क्षमायाचना र संरचनात्मक सुधारको बाचा कहाँ पुग्यो भनी प्रश्न गर्दै अघिल्लो सरकारले दलित समुदायका लागि ल्याएका कार्यक्रमहरू वर्तमान सरकारले कटौती गरेकोमा आपत्ति जनाएका छन् ।
काठमाडौँ । नेकपा एमालेले प्रधानमन्त्रीका सल्लाहकारहरूले संवैधानिक अङ्गका प्रमुख र न्यायाधीशहरूलाई बोलाएर निर्देशन दिने अधिकार कसले दियो भन्दै प्रश्न गरेको छ । राष्ट्रियसभाको सोमबारको बैठकमा विशेष समय लिएर बोल्दै एमाले सांसद सोमनाथ पोर्तेलले प्रधानमन्त्रीका सल्लाहकारहरूले संवैधानिक अङ्गका प्रमुख र न्यायाधीशहरूलाई बोलाएर निर्देशन दिने र ज्यान मार्ने धम्की दिने गरेको भन्दै गम्भीर ध्यानाकर्षण गराएका हुन् ।
‘प्रधानमन्त्रीका सल्लाहकारहरूलाई यो अधिकार कसले दियो ? उनीहरूलाई न संसद्ले चिन्छ न संविधानले, पोर्तेलले भने, ‘यस्ता असंवैधानिक कार्यहरू तत्काल रोकिनुपर्छ ।’
सरकारको १०० दिनका १०० बुँदे बाचाहरूको चर्चा गर्दै पोर्तेलले पहिलो बुँदामै रहेको दलित समुदायप्रतिको राज्यको क्षमायाचना र संरचनात्मक सुधारको बाचा कहाँ पुग्यो भनी प्रश्न गरे ।
‘प्रधानमन्त्रीले राष्ट्र वा सदनलाई सम्बोधन गरेर कहिले क्षमायाचना गर्नुभयो ? बजेटमा दलित समुदायका लागि एउटा पनि कार्यक्रम र बजेट कहाँ छ ?,’ पोर्तेलले भने, ‘यदि यो बजेटमा दलित समुदायका लागि एउटा मात्रै ठोस कार्यक्रम छ भने मन्त्रीज्यूहरूले देखाउनुहोस् ।’
एमाले नेतृत्वको अघिल्लो सरकारले दलित समुदायका लागि ल्याएका कार्यक्रमहरू वर्तमान सरकारले कटौती गरेकोमा पनि उनले आपत्ति जनाए । पोर्तेलले अघिल्लो सरकारले ‘भगत सर्वजित उद्यमशीलता विकास कार्यक्रम’ का लागि ५० करोड विनियोजन गरेको, दलित उद्यमीलाई १० लाखसम्म विना धितो ऋण दिने व्यवस्था गरेको र अन्तरजातीय विवाह गर्ने जोडीलाई पुरस्कार दिने कार्यक्रम ल्याएको स्मरण गराए ।
‘अहिले ४७५० हजार घरहरू नागरिकका लागि बनाइएका छन्, जसमा घर नभएका दलितहरूलाई प्राथमिकता दिइएको थियो । तर यो सरकारले त भएका बजेट पनि रकमान्तर गरेर सिध्यायो,’ पोर्तेलले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानद्वारा ब्राजिल विरुद्ध १–० को सुरुवाती अग्रता, २९औँ मिनेटमा काइशु सानोको गोल
-
घट्दै रोपाइँको क्षेत्रफल
-
ट्रम्प लज्जास्पद रूपमा असफल : बाइडेन
-
यू–२० राष्ट्रिय रग्बी: महिलातर्फ बागमती र कोशी फाइनलमा, पुरुषतर्फको सेमिफाइनल समीकरण पूरा
-
मौलाकालिका जलविद्युत आयोजनाको भौतिक प्रगति ३० प्रतिशत
-
नेपालमा रहेका भारतीय नागरिकलाई राहत : अब काठमाडौँबाटै सिंगापुरको भिसा आवेदन दिन सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण