प्रहरीका ३६८ लेखा प्रमुखहरूको सरुवा, काे कहाँ ? (सूचीसहित)
सारांश
- नेपाल प्रहरीका ३६८ जना लेखा प्रमुखहरूको आन्तरिक लेखा परीक्षण शाखाको सिफारिसमा काज सरुवा गरिएको छ।
- प्रहरी प्रधान कार्यालय स्थित विशेष ब्यूरोको लेखा प्रमुखमा इन्स्पेक्टर उदय कुमार चौधरी सरुवा भएका छन्।
- साइबर ब्यूरो, लुम्बिनी प्रदेश प्रहरी कार्यालय, प्रहरी अस्पताल, र बागमती प्रदेश प्रहरी कार्यालयमा पनि लेखा प्रमुखहरूको सरुवा गरिएको छ।
काठमाडौँ । नेपाल प्रहरीका ३६८ जना लेखा प्रमुखहरूको सरुवा भएको छ। आन्तरिक लेखा परीक्षण शाखाको सिफारिसको आधारमा लेखा प्रमुखहरूको काज सरुवा गरिएको प्रहरी प्रधान कार्यालय कर्मचारी प्रशासन शाखाले जनाएको छ।
प्रहरी प्रधान कार्यालय स्थित विशेष ब्यूरोको लेखा प्रमुखमा इन्स्पेक्टर उदय कुमार चौधरीलाई सरुवा गरिएको छ।
कल्याण महाशाखामा इन्स्पेक्टर डेकेन्द्र शर्मा, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा दिपेश खरेल, सीआईबीको लेखा प्रमुखका प्रकाश शाह र सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको लेखा प्रमुखमा इन्स्पेक्टर महेश बिक्रम शाहलाई सरुवा गरिएको छ।
साइबर ब्यूरोमा रविन ढकाल, लुम्बिनी प्रदेश प्रहरी कार्यालयमा राकेश रेग्मी, महाराजगञ्ज स्थित प्रहरी अस्पतालमा राजन उप्रेती, बागमती प्रदेश प्रहरी कार्यालयमा सविन कुमार संग्रौलालाई पठाइएको छ।
अन्य युनिटहरूमा वरिष्ठ सई, सई र असईहरूलाई लेखा प्रमुखको रूपमा सरुवा भएका हुन्। ललितपुर परिसरमा वरिष्ठ सई अमृत कुमार भडेललाई पठाइएको छ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण