सावधान ! सीआईबीको नामबाट कानुनी कारबाहीको धम्की दिँदै इमेल आयो ?
काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) र ब्यूरो प्रमुखको नाम दुरुपयोग गरी ठगी गर्ने प्रयास भइरहेको पाइएको छ।
विभिन्न व्यक्तिहरूलाई अनधिकृत इमेलहरू पठाएर कानुनी कारबाहीको डर देखाई ठगी गर्ने अभिप्रायले सन्देशहरू प्रवाह भइरहेको प्रति ब्यूरोले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।
अन्तर्राष्ट्रिय गिरोह वा ठगहरूले सीआईबीको नाम प्रयोग गर्दै ‘यस मुद्दाको गम्भीरताका कारण मैले व्यक्तिगत रूपमा तपाईंलाई सम्पर्क गर्ने निर्णय गरेको हुँ, यदि तपाईं केन्द्रीय अनुसन्धान ब्यूरोद्वारा कुनै कानुनी कारबाही चाहनुहुन्न भने तत्काल यस सन्देशको जवाफ दिनुहोस्’ भन्ने आशयका भ्रमपूर्ण सन्देशहरू पठाइरहेका छन्।
इमेलमा अगाडि भनिएको छ, ‘यदि तपाईंको तर्फबाट कुनै जवाफ आएन भने म सीआईबीलाई अदालतमा मुद्दा दायर गर्न अनुमति दिनेछु र अदालतको आदेशको प्रतिलिपि तपाईंलाई पठाइनेछ।’
यस्ता भ्रामक र अफवाहयुक्त सन्देशहरू ब्यूरो तथा ब्यूरो प्रमुखका तर्फबाट पठाउने वा पत्राचार गर्ने नगरिएको सीआईबीले प्रष्ट पारेको छ। ब्यूरोले यस्ता गलत इमेलहरूको विश्वास नगर्न सम्बन्धित सबै सरोकारवालाहरूलाई अनुरोध समेत गरेको छ।
यस सम्बन्धमा साइबर ब्यूरोले आवश्यक अनुसन्धान गरिरहेको र उक्त अवैध गतिविधिमा संलग्न व्यक्तिहरूलाई कानुनी कारबाहीको दायरामा ल्याइने प्रहरीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हान्टाभाइरसको प्रकोप समाप्त भएको घोषणा
-
चितवनमा दुई लाख बढी बाख्रालाई पीपीआर खोप
-
गुल्मी अस्पताल निर्माण ढिलाइ हुँदा बिरामीलाई समस्या
-
मधेस प्रदेशमा ९ वटा मन्त्रालय बनाउन सिफारिस
-
दुई सुरक्षा सङ्गठनका महानिरीक्षक आइतबार अमेरिका जाँदै
-
अवैध उत्खननमा संलग्न समूहबाट सरकारी कर्मचारीमाथि आक्रमण, भाग्दाभाग्दै समातिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण