अनेरास्ववियुले भन्यो– प्राज्ञिक संस्था राजनीतिक प्रभावबाट मुक्त हुनुपर्छ
काठमाडौँ । नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(अनेरास्ववियु)ले त्रिभुवन विश्वविद्यालय सेवा आयोगको अध्यक्ष पदमा गरिएको नयाँ नियुक्तिप्रति आपत्ति जनाएको छ ।
सरकारले त्रिवि सेवा आयोगको अध्यक्ष जस्तो विशुद्ध प्राज्ञिक पदमा दलीय राजनीतिसँग आबद्ध व्यक्तिलाई नियुक्त गरेको भन्दै अनेरास्ववियुले आपत्ति जनाएको हो।
विश्वविद्यालय ज्ञान निर्माण, अनुसन्धान र बौद्धिक नेतृत्व उत्पादन गर्ने सर्वोच्च प्राज्ञिक संस्था भएकाले यसका सबै निकायहरू राजनीतिक प्रभावबाट मुक्त रहनुपर्ने सङ्गठनको स्पष्ट मान्यता रहेको विज्ञप्तिमा उल्लेख छ ।
कुलपति एवं प्रधानमन्त्री बालेन्द्र शाहले त्रिवि सेवा आयोगको अध्यक्षमा डा.किशोर थापा नियुक्त गरेका छन् । सङ्गठनका अध्यक्ष दीपक धामीले बिहीबार जारी गरेको विज्ञप्तिमा वर्तमान सरकारको यस कदमलाई विश्वविद्यालयमाथिको हस्तक्षेपको रूपमा औँल्याइएको छ।
अनेरास्ववियुले विश्वविद्यालयको संस्थागत गरिमा, प्राज्ञिक स्वतन्त्रता र सेवा आयोगको निष्पक्षतामाथि प्रश्न उठाएको छ ।
यस्तो नियुक्तिले विश्वविद्यालयभित्र योग्यता र प्रतिस्पर्धाको संस्कृतिलाई कमजोर बनाउने, प्राज्ञिक समुदायमा निराशा पैदा गर्ने तथा सार्वजनिक विश्वासमा नकारात्मक प्रभाव पार्ने चेतावनी दिएको छ।
विश्वविद्यालयको प्राज्ञिक मर्यादा र संस्थागत स्वायत्तता अक्षुण्ण राख्न सरकार तथा सम्बन्धित निकायलाई उक्त निर्णय पुनर्विचार गर्न आग्रह गर्दै भविष्यमा हुने सबै नियुक्तिहरू योग्यता, क्षमता, निष्पक्षता र पारदर्शिताका आधारमा सुनिश्चित गर्न अनेरास्ववियुले माग गरेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : विष्णु पौडेललाई मिलेन राहत, सरकारले गर्यो सरुवा र नियुक्तिसहितका निर्णय
-
कार्यकारी प्रमुखमाथि आक्रमण गरेको आरोपमा दुई जना पक्राउ
-
पर्सा प्रहरीले पनि हटाउन थाल्यो सवारी साधनको कालो सिसा
-
दयाहाङ र मिरूनाकाे ‘रातो घेरा’ मुहूर्त, अर्को सातादेखि छायाङ्कन
-
बुटवल–नारायणगढ सडकको सर्भिस लेनमा धमाधम कालोपत्रे, तस्बिरहरू
-
नागार्जुन क्षेत्रमा ४६ मिलिमिटर वर्षा, केही ठाउँ जलमग्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण