शनिबार, २० असार २०८३
ताजा लोकप्रिय

सैनिक मुख्यालय छेउमा ठुलो आवाजमा पटका पड्काउनेलाई प्रहरीले सम्झायो

बिहीबार, १८ असार २०८३, २३ : ५७
बिहीबार, १८ असार २०८३

सारांश

  • काठमाडौँको थापाथलीस्थित एक विवाह घरमा ठुलो आवाजमा पटका पड्काउँदा सुरक्षा चासो देखिएको छ ।
  • सैनिक मुख्यालय र आसपासमा विस्फोट भएको आवाज सुनिएपछि जिल्ला प्रहरी परिसर काठमाडौँले सो क्षेत्रमा प्रहरी परिचालन गरेको थियो ।
  • प्रहरीले ठुलो आवाजमा पटाका पड्काउनेलाई कार्यालय समयमा उपस्थित हुन भनेको छ ।

काठमाडौँ । काठमाडौँको थापाथलीस्थित एक विवाह घरमा ठुलो आवाजमा पटका पड्काउँदा सुरक्षा चासो देखिएको छ । बिहीबार साँझ एउटा घरबाट ठुलो धमाका सहितको आवाज आएको थियो । सैनिक मुख्यालय र आसपासमा विस्फोट भएको आवाज सुनिएपछि जिल्ला प्रहरी परिसर काठमाडौँले सो क्षेत्रमा प्रहरी परिचालन गरेको थियो । 

प्रहरी वृत्त सिंहदरबारका डीएसपी जनार्दन घिमिरे नेतृत्वको टोलीले विवाह घरमा गएर सम्झाई बुझाई गरेका छन् । ठुलो आवाजमा पटाका पड्काउनेलाई प्रहरीले कार्यालयमा आउन भनेको छ । पटाका पड्काउनेलाई भोलि कार्यालय समयमा उपस्थित हुन भनिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले रातोपाटीलाई बताए । उनले भने, ‘विस्फोटको आवाज पटकाको भन्ने खुलेको छ, हामीले सम्बन्धितलाई बोलाएका छौँ ।’ 

सैनिक मुख्यालय, सरकारी कार्यालय तथा संवेदनशील संरचनाको आसपास पटका वा ठुलो आवाज निकाल्ने सामग्रीको प्रयोग गर्दा सुरक्षा प्रणाली सक्रिय हुने भएकाले यस्ता कार्य नगर्न प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप