देशभर मनसुन सक्रिय: कस्तो रहला आज दिनभरको मौसम ?
सारांश
- हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ र विभिन्न भू-भागमा मेघगर्जन, चट्याङ्गसहित भारी वर्षाको सम्भावना छ।
- शुक्रबार दिउँसो देशभर बादल लाग्ने र हिमाली तथा पहाडी भू-भागका केही स्थानमा वर्षा वा हिमपातको सम्भावना छ।
- शुक्रबार राति र शनिबार पनि कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा भारी वर्षाको चेतावनी दिइएको छ।
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार शुक्रबार देशका विभिन्न भू-भागमा मेघगर्जन र चट्याङ्गसहित मध्यमदेखि भारी वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ।
जसअनुसार शुक्रबार बिहान देशभर साधारणतया बादल लागेको छ भने बागमती प्रदेशका केही स्थानमा, कोशी र लुम्बिनी प्रदेशका थोरै स्थानमा वर्षा समेत भएको छ ।
यस्तै दिउँसो देशभर साधारणतया बादल लाग्ने र हिमाली तथा पहाडी भू-भागका केही स्थानमा वर्षा वा हिमपात हुनसक्ने बताएको छ। तराईका थोरै स्थानमा पनि मेघगर्जनसहित वर्षाको सम्भावना छ।
यस्तै, शुक्रबार राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्रका एक-दुई स्थानमा भारी वर्षाको चेतावनी दिइएको छ। कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा पनि मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाको बुलेटिनमा उल्लेख छ।
यसैगरी, असार २० गते शनिबार पनि मौसममा खासै सुधार आउने देखिँदैन। शनिबार दिउँसो पहाडी र हिमाली क्षेत्रमा बादल लाग्ने तथा तराईमा आंशिक बदली हुने प्रक्षेपण गरिएको छ। सो दिन पनि देशका विभिन्न स्थानमा मध्यम वर्षा र हिमपातको क्रम जारी रहनेछ। शनिबार राति भने बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा मौसम पूर्णतया बदली हुनेछ।
विशेषगरी बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कप्तानदेखि म्याच विनरसम्म : तथ्याङ्कमा बेन स्टोक्सको क्रिकेट जीवन
-
शिखर इन्स्योरेन्सले गर्यो ६ अर्ब ११ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इन्जुरी समयको पीडाले रोयो क्रोएसिया (तस्बिरहरु)
-
कङ्गोमा घातक इबोला भाइरस विरुद्धको उपचार परीक्षण सुरु
-
गृहमा सुधनको पुनरागमन, हाइप्रोफाइल पक्राउको आक्रामक शृङ्खलामा अदालतको ‘ब्रेक’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण