अल्जेरियालाई २–० ले हराउँदै स्विट्जरल्यान्ड फिफा विश्वकपकाे अन्तिम १६ मा
सारांश
- फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम ३२ को खेलमा स्विट्जरल्यान्डले अल्जेरियालाई २–० ले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएको छ।
- खेलको १०औँ मिनेटमा ब्रिल इम्बोलोले गोल गर्दै स्विट्जरल्यान्डलाई अग्रता दिलाए भने ४६औँ मिनेटमा डान एनडोएले गोल थपे।
- यस जितसँगै स्विट्जरल्यान्डले अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ भने अल्जेरियाको विश्वकप यात्रा अन्तिम ३२ बाटै समाप्त भएको छ।
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम ३२ को खेलमा स्विट्जरल्यान्डले अल्जेरियालाई २–० ले पराजित गर्दै ८८ वर्षपछि विश्वकपको नकआउट चरणमा ऐतिहासिक जित दर्ता गरेको छ। यससँगै स्विट्जरल्यान्डले अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ।
क्यानडाको भ्यानकुभरस्थित बीसी प्लेस स्टेडियममा सम्पन्न खेलमा स्विट्जरल्यान्डले सुरुदेखि नै उत्कृष्ट प्रदर्शन गर्यो। खेलको १०औँ मिनेटमा जोहान मान्जाम्बीको पासमा ब्रिल इम्बोलोले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए।
पहिलो हाफ १–० ले आफ्नो पक्षमा टुंग्याएको स्विट्जरल्यान्डले दोस्रो हाफ सुरु भएको एक मिनेटमै अग्रता दोब्बर बनायो। ४६औँ मिनेटमा डान एनडोएले गोल गर्दै टोलीलाई २–० को बलियो अवस्थामा पुर्याए।

त्यसपछि स्विट्जरल्यान्डले आफ्नो अग्रता सुरक्षित राख्दै सहज जित निकाल्यो भने अल्जेरियाले खेलमा फर्किन सकेन।
यस जितसँगै स्विट्जरल्यान्डले अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ। यता, अल्जेरियाको विश्वकप यात्रा अन्तिम ३२ बाटै समाप्त भएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वी नेपालमा विपद् प्रतिकार्यमा सेनाको तयारी पूरा
-
महाधिवेशनमा प्रविधि प्रयोगमा एमाले अगाडि, किन चुक्यो रास्वपा ?
-
लोकतन्त्र र राष्ट्रियता जोगाउन कांग्रेसभित्र पूर्ण एकताको विकल्प छैन : नैनसिंह महर
-
६ महिनादेखि महँगी भत्ता नपाएपछि प्रेस काउन्सिलका कर्मचारी आन्दोलित, कामकाज ठप्प
-
दृष्टिविहीनहरूको आन्दोलन १२ औँ दिन पनि जारी
-
ठगीको अभियोगमा एक जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण