केप भर्डेले अर्जेन्टिनाविरुद्ध बराबरी गोल फर्कायो
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम ३२ को रोमाञ्चक खेलमा केप भर्डेले साविक विजेता अर्जेन्टिनाविरुद्ध दोस्रो हाफमा शानदार पुनरागमन गर्दै बराबरी गोल फर्काएको छ।
मियामी स्टेडियममा जारी खेलको ५९औँ मिनेटमा डेरोय डुआर्टेले रायन मेन्डेसको पासमा उत्कृष्ट प्रहार गर्दै केप भर्डेलाई १–१ को बराबरीमा ल्याए। यससँगै अर्जेन्टिनाविरुद्ध ऐतिहासिक नतिजा निकाल्ने केप भर्डेको आशा जीवित बनेको छ।
यसअघि खेलको २९औँ मिनेटमा कप्तान लियोनेल मेस्सीले लिसान्द्रो मार्टिनेजको लामो पासलाई उत्कृष्ट रूपमा नियन्त्रण गर्दै गोलरक्षक भोजिन्हामाथि आकर्षक फिनिस गरेका थिए। उक्त गोलसँगै मेस्सी विश्वकप नकआउट चरणमा गोल गर्ने सबैभन्दा बढी उमेरका दक्षिण अमेरिकी खेलाडी बनेका छन्। ३९ वर्ष ९ दिनको उमेरमा उनले सन् १९५४ मा उरुग्वेका ओब्डुलियो भारेलाले बनाएको कीर्तिमान तोडे।
मेस्सीको यो गोल विश्वकपमा उनको २०औँ गोल हो भने लगातार आठौँ विश्वकप खेलमा गोल गर्ने कीर्तिमान पनि कायम भएको छ। साथै उनी गोल्डेन बुट दौडमा पनि अग्रस्थानमा पुगेका छन्।
बराबरी गोलअघि अर्जेन्टिनाले खेलमा नियन्त्रण कायम राखे पनि केप भर्डेले आत्मविश्वासपूर्ण प्रदर्शन गर्दै लगातार दबाब सिर्जना गरेको थियो। दोस्रो हाफमा डुआर्टेको गोलसँगै खेल थप रोमाञ्चक बनेको छ।
हाल खेल १–१ को बराबरीमा जारी छ। यस खेलको विजेताले अन्तिम १६ मा इजिप्टसँग प्रतिस्पर्धा गर्नेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रौतहट प्रहरीद्वारा एकै दिनमा २१ जना फरार प्रतिवादी पक्राउ
-
अन्तिम १६ को समीकरण तयार : कसको भिडन्त कोसँग ?
-
तस्बिरमा हेर्नुहोस् निर्माणाधीन तनहुँ जलविद्युत आयोजना
-
राष्ट्रिय ज्येष्ठ नागरिक नीति २०८३ को मस्यौदा तयार, मन्त्रालयले माग्यो सर्वसाधारणसँग राय
-
१७ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
-
ट्राफिक प्रहरीद्वारा एकै दिन २० लाख बढी राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण