रोमेरोको गोलसँगै अर्जेन्टिनाले फेरि लियो अग्रता
सारांश
- फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम ३२ को चरणमा साविक विजेता अर्जेन्टिनाले अतिरिक्त समयको १११औँ मिनेटमा गोल गर्दै केप भेर्देविरुद्ध ३-२ को अग्रता बनाएको छ।
- खेलको २९औँ मिनेटमा लियोनेल मेस्सीले अर्जेन्टिनाका लागि पहिलो गोल गरेका थिए।
- रोमेरोले १११औँ मिनेटमा निर्णायक गोल गर्दै अर्जेन्टिनालाई ३-२ को अग्रता दिलाएका छन्।
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम ३२ को चरणमा साविक विजेता अर्जेन्टिनाले अतिरिक्त समयको १११औँ मिनेटमा गोल गर्दै केप भर्डेविरुद्ध ३–२ को अग्रता बनाएको छ।
मियामी स्टेडियममा जारी रोमाञ्चक खेलमा क्रिस्टियन रोमेरोले अतिरिक्त समयको १११औँ मिनेटमा निर्णायक गोल गर्दै अर्जेन्टिनालाई पुनः अघि बढाए। यसअघि अतिरिक्त समयको १०३औँ मिनेटमा सिड्नी काब्रालले गोल गर्दै केप भर्डेलाई २–२ को बराबरीमा ल्याएका थिए।
खेलको २९औँ मिनेटमा लियोनेल मेस्सीले अर्जेन्टिनाका लागि पहिलो गोल गरेका थिए। त्यसको जवाफमा ५९औँ मिनेटमा डेरोय डुआर्टेले गोल गर्दै केप भेर्देलाई खेलमा फर्काए र निर्धारित समय १–१ को बराबरीमा सकियो।
अतिरिक्त समयको ९२औँ मिनेटमा लिसान्द्रो मार्टिनेजले अर्जेन्टिनालाई २–१ को अग्रता दिलाए पनि केप भेर्देले हार मानेन। काब्रालले १०३औँ मिनेटमा गोल गर्दै खेल पुनः बराबरीमा ल्याएका थिए।
तर खेल सकिन केही मिनेट बाँकी रहँदा रोमेरोले निर्णायक प्रहार गर्दै अर्जेन्टिनालाई ३–२ को अग्रता दिलाएका छन्। १११औँ मिनेटसम्म अर्जेन्टिना अग्र अवस्थामा रहेको छ र यो नतिजा कायम रहे उसले अन्तिम १६ मा इजिप्टसँग भेट गर्नेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रौतहट प्रहरीद्वारा एकै दिनमा २१ जना फरार प्रतिवादी पक्राउ
-
अन्तिम १६ को समीकरण तयार : कसको भिडन्त कोसँग ?
-
तस्बिरमा हेर्नुहोस् निर्माणाधीन तनहुँ जलविद्युत आयोजना
-
राष्ट्रिय ज्येष्ठ नागरिक नीति २०८३ को मस्यौदा तयार, मन्त्रालयले माग्यो सर्वसाधारणसँग राय
-
१७ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
-
ट्राफिक प्रहरीद्वारा एकै दिन २० लाख बढी राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण