शनिबार, २० असार २०८३
ताजा लोकप्रिय
फिफा विश्वकप २०२६

अन्तिम १६ मा प्रवेशका लागि कोलम्बिया र घानाबिच प्रतिस्पर्धा सुरु

शनिबार, २० असार २०८३, ०७ : १७
शनिबार, २० असार २०८३

काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम ३२ को चरणमा कोलम्बिया र घानाबिच प्रतिस्पर्धा सुरु भएको छ । 

अमेरिकाको क्यान्सस सिटी स्टेडियममा जारी यस खेलको विजेताले अन्तिम १६ मा स्थान बनाउँदै स्विट्जरल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ।

दुवै टोली नकआउट चरणमा आफ्नो यात्रा लम्ब्याउने लक्ष्यका साथ मैदान उत्रिएका छन्। समूह चरणमा प्रभावशाली प्रदर्शन गर्दै अन्तिम ३२ मा पुगेका कोलम्बिया र घाना दुवैले क्वार्टरफाइनलतर्फको यात्रा तय गर्न जित निकाल्ने लक्ष्य राखेका छन्।

यसअघि सम्पन्न अन्तिम ३२ को खेलमा अर्जेन्टिनाले अतिरिक्त समयमा केप भेर्देलाई ३–२ ले हराउँदै अन्तिम १६ मा स्थान बनाएको थियो। अब विश्वकपको अन्तिम ३२ चरणको अन्तिम खेलका रूपमा कोलम्बिया र घानाबीचको प्रतिस्पर्धाले अर्को अन्तिम १६ टोलीको टुंगो लगाउनेछ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप