शनिबार, २० असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कैलालीमा आफ्नै घरको सिँढीमा युवती मृत फेला

शनिबार, २० असार २०८३, ०८ : ४३
शनिबार, २० असार २०८३

सारांश

  • कैलालीको कैलारी गाउँपालिका–५ पवेराकी अन्दाजी ३५ वर्षीया सजिना माझी आफ्नै घरको सिँढीमा मृत अवस्थामा फेला परेकी छन् ।
  • शुक्रबार राति घरको सिँढीमा मृत भेटिएकी माझीको मृत्युको कारण खुल्न बाँकी छ ।
  • घटनास्थलमा पुगेको प्रहरीले आवश्यक अनुसन्धान सुरु गरेको छ ।

कैलाली । कैलालीमा आफ्नै घरको सिँढीमा एक युवती मृत फेला परेकी छन् । कैलारी गाउँपालिका–५ पवेराकी अन्दाजी ३५ वर्षीया सजिना माझी आफ्नै घरको सिँढीमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार शुक्रबार राति उनी घरको सिँढीमा मृत अवस्थामा भेटिएकी हुन् । घटनाको जानकारी प्राप्त भएपछि प्रहरी टोली घटनास्थल पुगेर आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ ।

मृत्युको कारण खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप