कर्णालीमा बेपत्ता गाडी र यात्रुको खोजीको लागि कुरिनटारबाट सोनार क्यामरा र म्याग्नेटसहितको टोली पठाइयो
सारांश
- कर्णाली राजमार्गमा दुर्घटना भएको गाडी र यात्रुको खोजीका लागि कुरिनटारबाट गोताखोरसहितको टोली खटिएको छ ।
- सशस्त्र प्रहरी निरीक्षक प्रेम बहादुर तामाङको कमान्डमा ४ जना गोताखोरसहितको टोलीले सोनार क्यामरा र म्याग्नेट जस्ता उपकरण प्रयोग गरी खोजी कार्य सुरु गरेको छ ।
- असार १८ गते कर्णाली नदीमा खसेको गाडी र अन्य यात्रुको अवस्था अहिलेसम्म अज्ञात छ, यद्यपि एक पुरुषको शव भने फेला परेको छ ।
काठमाडौँ । दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–७ साङ्गेताडास्थित कर्णाली राजमार्गमा दुर्घटना हुँदा बेपत्ता गाडी तथा यात्रुको खोजी कार्यको लागि सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाटसमेत गोतखोर टोली खटिएको छ ।
सशस्त्र प्रहरी निरीक्षक प्रेम बहादुर तामाङको कमान्डमा ४ चार जना गोताखोरसहितको टोली आज घटनास्थल पुगेर उपकरणसहित खोजीकार्य सुरु गरेको छ ।
टोलीले पानीमुनि तथा पानीको भेलमा खोज्नको लागि प्रयोग हुने सोनार क्यामर सोनार क्यामरा र म्याग्नेट लगायतका उपकरण लिएर गएको छ ।
सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी असार १८ गते सडकबाट अन्दाजी ६/७ सय मिटर तल कर्णाली नदीमा खसेको थियो ।
दुर्घटना भएको खबर पाउनासाथै उद्धारका लागि सशस्त्र प्रहरी बल नेपाल गुल्म दैलेख, माथिल्लो कर्णाली जलविद्युत आयोजना सुरक्षा वेश तथा थप मद्दतको लागि सशस्त्र प्रहरी बल, नेपाल नं। ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतबाट समेत ६ जना गोताखोरसहितको टोली खटिएको थियो ।
सोही दिन दुर्घटना स्थलबाट करीव ४ सय मिटर तल भिरमा अड्किएको अवस्थामा एक पुरुष व्यक्तिको शव निकालिएको थियो । गाडी र अन्य यात्रुको अवस्था अहिलेसम्म अज्ञात छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कमल पुलको बारेमा कवि सम्मेलन, उत्कृष्टलाई पुरस्कार
-
सरकारको १०० दिन : सुशासन, पारदर्शिता र सेवा प्रवाहमा उल्लेखनीय सुधार
-
‘जिरो डिग्री’ तिहारमा हुने
-
तेलमा मरेको साङ्ला : न्युरोडको एक रेष्टुरेन्टलाई २ लाख जरिवाना
-
अमेरिकी पहिचानमाथि ‘नयाँ आक्रमण’ भइरहेको ट्रम्पको दाबी
-
अस्ट्रेलियाविरुद्ध इजिप्टको ऐतिहासिक जित प्यालेस्टाइनलाई समर्पित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण