मलाई अपमानित गर्नेहरू यही बुढाको हड्डी घोटेर मन्त्री र सांसद भए : प्रचण्ड
रुपन्देही । नेपाली कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेतृत्व सधैं बसिराख्ने कुरा नभएको तर कसैले बनाइदिन्छु वा हटाइदिन्छु भन्दैमा नेतृत्व फेरिन नसक्ने स्पष्ट पारेका छन् ।
शनिबार रुपन्देहीको बुटवलमा आयोजित नेकपा लुम्बिनी प्रदेश समितिको प्रथम एकता बैठक तथा प्रशिक्षण कार्यक्रममा बोल्दै नेतृत्व इतिहास, आन्दोलन र संघर्षले बनाउने भन्दै उनले यसलाई हटाउन र बनाउन सहज नभएको स्पष्ट पारेका हुन्।
विगतमा आफूभन्दा धेरै राम्रो काम गर्छु भन्दै पार्टीबाट अलग भएका नेताहरूको प्रसङ्ग कोट्याउँदै उनले भने, ‘यो नेतृत्व भन्दा हामीले धेरै गर्छौँ भन्ने कति निक्ले ? किरणजी निक्लिनु भयो बिचरा किरणजी। बाबुरामजी निक्लिनु भयो बिचरा बाबुरामजी। विप्लवजी निक्लिनु भयो बिचरा विप्लवजीको अहिले मैले बढी भन्न परेन। अस्ति भर्खरै जनार्दन उत्पातै गर्छु, प्रचण्डलाई हराएर देखाउँछु, प्रचण्ड भन्दा एक सिट बढी जितिन भने हेर्नुहोला भन्दै हिँडेको। जनार्दनजी बिचरा जनार्दनजी। अब ती सबै हार्ने हार्ने आज मिल्न खोज्या छन् फेरि, देख्नुहुन्छ होला नि।’
पार्टी आन्दोलनलाई यो ठाउँसम्म ल्याउने नेतृत्वलाई छोड्न दबाब दिने वरिष्ठ नेताहरूप्रति लक्षित गर्दै उनले राजनीतिक, सांगठनिक कार्यशैलीमा छलफल गरेर कसलाई छोड्दा पार्टी चल्छ भन्ने विचार गरेर मात्र छोड्न सकिने बताए। सामाजिक सञ्जालमा ‘बुढा’ भनेर घृणा फैलाउनेहरू प्रति आक्रोश पोख्दै उनले थपे, ‘एकथरीलाई बुढाहरू भनेर बुढा प्रति घृणा गरेर लेख्छन् क्या सोसलिस्ट मलाई हैरान हुन्छ। यही बुढाको हड्डी घोटेर को कति चोटी मन्त्री भए ? कति चोटी सांसद भए ? अहिले यो बुढालाई अपमानित गरेर यसले छोड्न पर्छ भनेको छ।’
यस सन्दर्भमा उनले आमालाई डोकोमा हालेर भीरबाट लडाउन लैजाने छोराको चर्चित लोककथा सुनाउँदै हतार नगर्न सचेत गराए। पार्टीभित्र र बाहिर फलानो अध्यक्ष, फलानो महासचिव र फलानो उपाध्यक्ष हुने भन्दै चर्चा चलाउने प्रवृत्तिले पार्टी झन् बिग्रने चिन्ता उनले व्यक्त गरे। खुरुखुरु महाधिवेशनको तयारी गर्नुपर्नेमा जोड दिँदै उनले नेतृत्व हस्तान्तरणका लागि आफू तयार रहेको बताए।
उनले भने, ‘मैले त हिजो माओवादी केन्द्रकै अन्तिम बैठकमा भनेकै थिएँ, म अब यही रूपमा अध्यक्ष बसिराख्ने मेरो रुचि पनि छैन। म छोड्ने तयारीमा छु, तयारी गरुन् सबै मिलेर। तर म राजनीति छोड्ने होइन, पार्टी छोड्ने होइन, मेरो रूप र भूमिका म बदल्न चाहन्छु। अलि भिन्न रूप र भिन्न भूमिकामा बसेर किनकि सबै नेताहरू अन्तिम समय सम्म अध्यक्ष नै भइराख्न पर्ने, महासचिव नै भइराख्न पर्ने भन्ने छैन दुनियामा कहीँ पनि।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोर्चुगलको जङ्गलमा डढेलो, नियन्त्रणका लागि सयौँ अग्नि नियन्त्रक सक्रिय
-
दर्ता प्राप्त चिकित्सकले मात्र रेडियोलोजी सेवा दिन पाउने कानुनी व्यवस्था पालना गर्न माग
-
काठमाडौँसहित विभिन्न क्षेत्रमा मुसलधारे वर्षा
-
नेतन्याहुले छिट्टै अमेरिका भ्रमण गर्ने
-
२०२२ देखि विश्वकप २०२६ सम्मः जसलाई पनि हराउन सक्ने टोली
-
अत्यधिक गर्मीका कारण अमेरिकामा स्वतन्त्रता दिवसका कार्यक्रम प्रभावित, केही स्थगित र रद्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण