थाइल्याण्डबाट चक्लेटको प्याकेटमा लुकाएर गाँजा ल्याउने भारतीय नागरिक पक्राउ
सारांश
- थाइल्याण्डको बैंककबाट चक्लेटको प्याकेटभित्र लुकाएर लागूऔषध गाँजा नेपाल भित्र्याउने एक भारतीय नागरिकलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ ।
- पक्राउ पर्नेमा भारतको कोलकाता घर भएका ५७ वर्षीय हरि क्षेत्री रहेका छन्, जसको साथबाट २ किलो ८०० ग्राम गाँजा बरामद भएको छ ।
- प्रारम्भिक अनुसन्धानमा उक्त गाँजा थाइल्याण्डबाट नेपाल हुँदै भारतको कोलकाता लैजान लागिएको खुलेको छ ।
काठमाडौँ । थाइल्याण्डको बैंककबाट चक्लेटको प्याकेटभित्र लुकाएर अवैध रूपमा लागूऔषध गाँजा नेपाल भित्र्याउने एक भारतीय नागरिकलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारतको कोलकाता, पश्चिम बंगाल घर भएका ५७ वर्षीय हरि क्षेत्री रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरोको विमानस्थल शाखाबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।
ब्यूरोका अनुसार, क्षेत्री थाई एयरवेजको उडानमार्फत आइतबार बैंककबाट काठमाडौं आएका थिए । विमानस्थलमा उनको लगेज (सामान) जाँच गर्ने क्रममा चक्लेटको प्याकेटभित्र लुकाइछिपाई ल्याइएको २ किलो ८०० ग्राम थाइल्याण्डको गाँजा फेला परेको थियो ।
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट बरामद गरिएको उक्त गाँजा थाइल्याण्डबाट नेपाल हुँदै भारतको कोलकाता लैजान लागिएको खुलेको छ ।
प्रहरीले क्षेत्रीको साथबाट गाँजाका अतिरिक्त एक थान पासपोर्ट र एक थान मोबाइल समेत बरामद गरेको ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दुर्गा राज रेग्मीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धनगढीमा भारतीय गाडीको ठक्करबाट मोटरसाइकल पछाडि सवार यात्रुको मृत्यु
-
हरेक झगडाले टुट्दैन सम्बन्ध तर यी बानीले सुटुक्क मार्छन् माया
-
राष्ट्रिय सभा बैठक बस्दै : ९ मन्त्रीले सांसदका प्रश्नको जवाफ दिने
-
न्याय परिषद् ऐनमा एक महिना, व्यवहारमा वर्षौँ : कहिले होला सर्वोच्च पूर्ण ?
-
प्रतिनिधि सभा बैठक बस्दै: चार मन्त्रीले विभिन्न विधेयक र प्रस्ताव पेस गर्ने
-
ढिला गरी सुरु भयो इंग्ल्याण्ड र मेक्सिकोबिचको खेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण