पात्र मात्र फेरिने तर नेतृत्वशैली नफेरिने परिवर्तन हामीले खोजेका होइनौँ : रक्षा बम
सारांश
- जेनजी अभियन्ता रक्षा बमले सरकारका पछिल्ला नियुक्तिमाथि प्रश्न उठाउँदै पात्र मात्रै फेरिएर नेतृत्वशैली नफेरिने परिवर्तन स्वीकार्य नहुने बताएकी छन् ।
- उनले निर्वाचन आयोग र विश्वविद्यालयहरूमा भएका नियुक्तिहरूमा महिला र सीमान्तकृत समुदायको प्रतिनिधित्व नभएको उल्लेख गरेकी छन् ।
- बमले सरकारले दलित समुदायसँग माफी मागेको स्मरण गराउँदै त्यसपछि पनि उनीहरूको प्रतिनिधित्व किन नगराएको भन्दै प्रश्न गरेकी छन् ।
काठमाडौँ । जेनजी अभियन्ता रक्षा बमले सरकारका पछिल्ला नियुक्तिमाथि प्रश्न उठाउँदै पात्र मात्रै फेरिएर नेतृत्वशैली नफेरिने परिवर्तन स्वीकार्य नहुने बताएकी छन् ।
फेसबुकमा आइतबार धारणा सार्वजनिक गर्दै बमले निर्वाचन आयोगमा प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको सिफारिस तथा विश्वविद्यालयहरूमा उपकुलपति नियुक्ति भए पनि तीमध्ये एक जना पनि महिला नरहेको उल्लेख गरेकी छन् । उनले सीमान्तकृत समुदायको प्रतिनिधित्वसमेत नदेखिएको टिप्पणी गरेकी छन्।
सरकारले संसदबाटै दलित समुदायसँग माफी मागेको स्मरण गराउँदै बमले त्यसपछि पनि दलित तथा सीमान्तकृत समुदायबाट प्रतिनिधित्व गराउन किन आवश्यक ठानिएन भन्ने प्रश्न गरेकी छन्।
बमले सरकारले ‘हरियो’ रङमाथि ‘नीलो रङ पोत्नुलाई मात्र परिवर्तन भनिरहेको हो भने त्यो बेग्लै विषय भएको उल्लेख गर्दै पात्र मात्र फेरिने तर नेतृत्वशैली नफेरिने परिवर्तन आफूहरूले नखोजेको बताएकी छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
किसानलाई ५० प्रतिशत अनुदानमा फलफूलका बिरुवा
-
इतिहास सच्याउने दाउमा ब्राजिल, मेसी–एम्बाप्पेलाई भेट्ने दाउमा नर्वेका हालान्ड
-
भैरहवा भन्सारमा ४ जना नियन्त्रणमा
-
१२ बजे १२ समाचार: अदालत जाने तयारीमा कांग्रेसदेखि असारे विकासमा प्रदेश सरकारहरूसम्म
-
महिला टी–ट्वान्टी विश्वकप: इंग्ल्यान्डलाई हराउँदै अस्ट्रेलियाले जित्यो उपाधि
-
कांग्रेसले विधानमा युवालाई विशेष प्राथमिकतामा राखेको छ: महामन्त्री पौडेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण