चीन उत्तर कोरियासँग ‘स्थिर’ सम्बन्ध विकास गर्न सहमत
प्योङयाङ । चीनका राष्ट्रपति सी जिनपिङले उत्तर कोरियाली नेता किम जोङ उनसँग मिलेर दुई देशबिचको सम्बन्धलाई ‘दीर्घकालीन, स्वस्थ र स्थिर’ विकासतर्फ लैजान तयार रहेको बताएका प्योङयाङको राज्य सञ्चालित सञ्चारमाध्यम ‘कोरियन सेन्ट्रल न्यूज एजेन्सी (केसीएनए)’ ले आइतबार जानकारी गराएको छ।
गत महिना सी जिनपिङको उत्तर कोरिया भ्रमणपछि उनीहरूबिच उक्त कुराकानी भएको हो । उक्त भ्रमणका क्रममा दुई नेताले कोरियाली प्रायद्वीपमा तनाव बढिरहेको र प्योङयाङले रुससँग सैन्य सहकार्य बढाइरहेको बेला सम्बन्धलाई अझ गहिरो बनाउने प्रतिबद्धता जनाएका थिए ।
जुलाई १ मा लेखिएको सन्देशमा राष्ट्रपति सीले चीनको कम्युनिस्ट पार्टीको स्थापना भएको १०५औँ वर्षगाँठको अवसरमा नेता किमले पठाएको बधाई सन्देशप्रति धन्यवाद व्यक्त गरेका केसीएनएले कोरियाली अधिकारीलाई उद्धृत गरी जानकारी दिएको हो ।
सीले भने, “किमको सन्देशले उत्तर कोरियाली नेता, सत्तारूढ वर्कर्स पार्टी र उत्तर कोरियाली जनताको चीनप्रतिको ‘गहिरो र न्यानो भावना’ झल्काएको छ ।
“चिनियाँ कम्युनिस्ट पार्टी र कोरियन वकर्स पार्टी दुवै मार्क्सवादी सत्तारूढ पार्टी हुन्”, सीले भने, “दुई देशले राष्ट्रिय स्वतन्त्रताका लागि सँगै लडेका थिए र पुस्तौँदेखि समाजवादी लक्ष्यलाई संयुक्त रूपमा अगाडि बढाएका छन्।”
“म दुवै पक्षका सम्बन्धित क्षेत्रहरूलाई हामीबीच भएको महत्वपूर्ण साझा समझदारीलाई पूर्ण रूपमा कार्यान्वयन गर्न निर्देशित गर्न तयार छु र चीन–उत्तर कोरिया सम्बन्धलाई दीर्घकालीन, स्वस्थ र स्थिर विकासतर्फ नेतृत्व गरिनेछ,” सीले भने ।
हालै प्योङयाङको राजकीय भ्रमणको सन्दर्भमा सीले किमलाई भ्रमणका क्रममा दिइएको ‘उत्साही र मित्रवत्’ आतिथ्यताको लागि धन्यवाद दिएका छन् । यो सन्देश किमको पत्रको जवाफमा आएको हो।
किमले दुई नेताको नेतृत्वमा प्योङयाङमा भएको शिखर सम्मेलनलाई ‘ऐतिहासिक अवसर’ भनेका थिए र बेइजिङसँगको सम्बन्धलाई निरन्तर मजबुत बनाउने उत्तर कोरियाको ‘अटल अडान’ रहेको बताएका थिए ।
उत्तर कोरियाले रुससँग सुरक्षा सम्बन्ध विस्तार गरेको छ । प्योङयाङले मस्कोको युक्रेन आक्रमणमा सहयोग गर्न सैनिक र हतियार पठाएको छ।
यद्यपि, चीन उत्तर कोरियाको सबैभन्दा ठूलो आर्थिक साझेदार हो । दक्षिण कोरियाको अर्थतन्त्र तथा वित्त मन्त्रालयका अनुसार सन् २०२४ मा उत्तर कोरियाको विदेशी व्यापारको करिब ९८ प्रतिशत चीनसँग भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय सभा बैठक बस्दै : ९ मन्त्रीले सांसदका प्रश्नको जवाफ दिने
-
न्याय परिषद् ऐनमा एक महिना, व्यवहारमा वर्षौँ : कहिले होला सर्वोच्च पूर्ण ?
-
प्रतिनिधि सभा बैठक बस्दै: चार मन्त्रीले विभिन्न विधेयक र प्रस्ताव पेस गर्ने
-
ढिला गरी सुरु भयो इंग्ल्याण्ड र मेक्सिकोबिचको खेल
-
हुथी विद्रोहीको आक्रमणमा १६ सैनिकको मृत्यु
-
कम उमेरमै कपाल फुलेर हैरान हुनुहुन्छ ? जान्नुहोस् कारण र रोकथामका उपाय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण