विश्वकपको अन्तिम १६ बाट बाहिरिएसँगै नेयमारले गरे संन्यासको घोषणा
न्युजर्सी । नेयमारले ब्राजिलको राष्ट्रिय टोलीबाट अब नखेल्ने बताएका छन्। विश्वकपको अन्तिम १६ को खेलमा नर्वेसँग २-१ ले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएपछि उनले सन्यासको घोषणा गरेका हुन्।
आइतबारको खेलपछि नेयमारले भने, ‘मैले प्रयास गरेँ। यही मेटलाइफ स्टेडियमबाट सुरु भएको थियो र मैले यहीँ अन्त्य गरेँ। अब यो सकिएको छ।’ ३४ वर्षीय नेयमारले अगस्ट १०, २०१० मा ब्राजिलका लागि पहिलो खेल खेलेका थिए। उनले न्युजर्सीको इस्ट रदरफोर्डस्थित यही स्टेडियममा अमेरिकासँगको मैत्रीपूर्ण खेलबाट डेब्यु गरेका थिए।
उनी ब्राजिलका सर्वाधिक गोलकर्ता हुन्। रोचक कुरा के छ भने, विश्व फुटबलका हस्ती पेलेलाई पछि पार्दै उनले देशका लागि यो कीर्तिमान बनाएका थिए। नर्वेविरुद्धको खेलमा वैकल्पिक खेलाडीका रूपमा मैदान छिरेका उनले अन्तिम समयमा पेनाल्टीमार्फत गोल गरेका थिए। खेलको अन्तिम ह्विसल बज्नासाथ उनी मैदानमै रोएका थिए, जसलाई सहकर्मी खेलाडीहरूले सम्हाल्नुपरेको थियो।
दायाँ खुट्टाको पिँडुलाको चोटका कारण नेयमारले यस प्रतियोगितामा ब्राजिलले खेलेका पाँचमध्ये दुई खेलमा मात्र सहभागिता जनाए। उनी समूह चरणमा स्कटल्यान्डविरुद्ध पनि १५ मिनेट मात्र मैदानमा थिए। एक दशकभन्दा बढी समय ब्राजिलका उत्कृष्ट खेलाडी रहेका उनी पछिल्ला वर्षहरूमा चोटका कारण सुस्त बनेका थिए, जसले गर्दा मैदानमा उनको प्रभाव सीमित बनेको थियो।
नयाँ पुस्ताले जिम्मा लिँदै गर्दा ब्राजिलको टोली अब सङ्क्रमणकालीन चरणमा प्रवेश गरेको छ। कप्तान मार्किन्होसले भने, ‘हामी दर्शकहरूलाई नयाँ पुस्ताप्रति धैर्यता राख्न र सुरुवातदेखि नै उनीहरूलाई समर्थन गर्न आग्रह गर्दछौँ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारको १०० दिन ‘अवसर गुमेको दिन’ : नेविसंघ
-
‘फिफाले जुलाईमा अप्रिल फुल मनायो’
-
रास्वपामा दुई कार्यकालको व्यवस्था : बदमासी गरे को–को हुनेछन् फिर्ता ?
-
श्रम शोषणले डाक्टरहरू विदेशिए, भविष्यमा गम्भीर अभाव हुन्छ : सांसद ओली
-
‘चलचित्र विधेयक २०८१’ माथि १२२ वटा संशोधन प्रस्ताव : कुन सांसदले के दिए सुझाव ?
-
धुलिखेल–खावा सडकखण्ड : रातका समयमा बन्द नगरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण