गृहमा सहसचिवलाई जगेडामा राखेर उपसचिवलाई जिम्मेवारी
काठमाडौँ । गत शुक्रबार गृह मन्त्रालयले ४२ उपसचिवको सरुवा गर्यो । सरुवामा सहसचिवको दरबन्दी रहेका जुम्ला र डडेलधुरामा प्रमुख जिल्ला अधिकारी बनाएर उपसचिवलाई पठाइयो । गृहसचिव राजकुमार श्रेष्ठ स्तरीय निर्णयबाट जुम्लामा उपसचिव तेजप्रकाश प्रसाईं र डडेलधुरामा उपसचिव मिना अर्याललाई प्रमुख जिल्ला अधिकारी बनाएर पठाइयो ।
जबकि मन्त्रालयको अतिरिक्त समूह (जडेगा)मा दुई सहसचिव जिम्मेवारीविहीन भएर बसिरहेका छन् । मन्त्रालयको कर्मचारी प्रशासन शाखाका अनुसार सहसचिवद्वय भूपेन्द्र थापा र पुष्पराज शाही जगेडामा छन् । तर, सहसचिवको दरबन्दी भएका जिल्लामा उपसचिवलाई जिम्मेवारी दिएपछि गृहकै कर्मचारीहरू असन्तुष्ट बनेका छन् ।
‘प्रमुख जिल्ला अधिकारीहरूको पदस्थापना वा सरुवा गर्ने वा कामकाज गर्न खटाउने सम्बन्धी (दोस्रो संशोधन) कार्यविधि, २०८०’ अनुसार जुम्ला र डडेलधुरालाई सहसचिव सीडीओ भएर खटिने ‘ग’ वर्गमा राखिएको छ ।
गृहमा सहसचिव मात्रै होइन ३ उपसचिव पनि जगेडामा रहेका कर्मचारी प्रशासन शाखाले जनाएको छ । शाखाका अनुसार मोहन न्यौपाने, दिनेश थानी र कृतनराज पौडेल अतिरिक्त समूहमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी प्रदेश सभामा बजेटमाथि समूहगत छलफल, चार मन्त्रालयको शीर्षकमाथि बहस सकियो
-
सरकारको १०० दिन ‘अवसर गुमेको दिन’ : नेविसंघ
-
‘फिफाले जुलाईमा अप्रिल फुल मनायो’
-
रास्वपामा दुई कार्यकालको व्यवस्था : बदमासी गरे को–को हुनेछन् फिर्ता ?
-
श्रम शोषणले डाक्टरहरू विदेशिए, भविष्यमा गम्भीर अभाव हुन्छ : सांसद ओली
-
‘चलचित्र विधेयक २०८१’ माथि १२२ वटा संशोधन प्रस्ताव : कुन सांसदले के दिए सुझाव ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण