फिफा विश्वकप २०२६
डे केटेलारेको दोस्रो गोल, अमेरिकाविरुद्ध बेल्जियम २–१ ले अगाडि
मङ्गलबार, २३ असार २०८३, ०६ : २१
सारांश
- फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम १६ को खेलमा बेल्जियमले अमेरिकाविरुद्ध २-१ को अग्रता बनाएको छ।
- खेलको ३३औँ मिनेटमा चार्ल्स डे केटेलारेले व्यक्तिगत दोस्रो गोल गर्दै बेल्जियमलाई पुनः अग्रता दिलाए।
- यसअघि डे केटेलारेले नवौँ मिनेटमा गोल गरे भने मालिक टिलम्यानले ३१औँ मिनेटमा अमेरिकाका लागि बराबरी गोल गरेका थिए।
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम १६ को रोमाञ्चक खेलमा बेल्जियमले अमेरिकाविरुद्ध पुनः अग्रता बनाएको छ।
खेलको ३३औँ मिनेटमा चार्ल्स डे केटेलारेले आफ्नो व्यक्तिगत दोस्रो गोल गर्दै बेल्जियमलाई २–१ को अग्रता दिलाएका हुन्। लिएन्ड्रो ट्रोसार्डको उत्कृष्ट पासलाई सदुपयोग गर्दै उनले बललाई जाली चुमाएका थिए।
यसअघि खेलको नवौँ मिनेटमा डे केटेलारेले पहिलो गोल गर्दै बेल्जियमलाई अग्रता दिलाएका थिए। त्यसपछि ३१औँ मिनेटमा मालिक टिलम्यानले गोल गर्दै अमेरिकालाई १–१ को बराबरीमा ल्याएका थिए।
तर बराबरी भएको दुई मिनेटमै डे केटेलारेले फेरि गोल गर्दै बेल्जियमलाई पुनः अघि बढाएका छन्। अहिले खेल २–१ को अवस्थामा जारी छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी प्रदेश सभाको पन्ध्रौँ बैठक आज, चार मन्त्रालयको बजेटमाथि छलफल
-
यो वर्ष पनि दुईवटा अटो शो : नाडा र नाइमाको छुट्टाछुट्टै तयारी
-
देउवा पुत्र जयवीरलाई ७ दिनभित्र उपस्थित हुन सम्पत्ति शुद्धीकरणको सूचना
-
बजेट विवाद: मन्त्रीबाट मन्त्रीकै हुर्मत, विपक्षीको प्रशंसा
-
बेल्जियमको शानदार जित, अमेरिकालाई ४–१ ले हराउँदै क्वार्टरफाइनलमा प्रवेश
-
दुर्गा प्रसाईंको आरोप– ‘सिंहदरबारको सिस्टम सरकारले नै बिगार्यो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण