मङ्गलबार, २३ असार २०८३
ताजा लोकप्रिय

लुम्बिनी प्रदेश सभाको पन्ध्रौँ बैठक आज, चार मन्त्रालयको बजेटमाथि छलफल

मङ्गलबार, २३ असार २०८३, ०८ : २८
मङ्गलबार, २३ असार २०८३

सारांश

  • लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशनअन्तर्गत पन्ध्रौँ बैठक आज दिउँसो १ बजे बस्नेछ।
  • बैठकमा आर्थिक वर्ष २०८३/०८४ को विनियोजन विधेयकमाथिको समूहकृत छलफललाई निरन्तरता दिइनेछ।
  • स्वास्थ्य, युवा तथा खेलकुद, भौतिक पूर्वाधार विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ, उद्योग, पर्यटन तथा यातायात, र आन्तरिक मामिला तथा कानुन मन्त्रालयसँग सम्बन्धित बजेटमाथि छलफल हुनेछ।

बुटवल । लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशनअन्तर्गत पन्ध्रौँ बैठक आज मङ्गलवार दिउँसो १ बजे बस्ने भएको छ। बैठकमा आर्थिक वर्ष २०८३र०८४ को विनियोजन विधेयकमाथिको समूहकृत छलफललाई निरन्तरता दिइनेछ।

प्रदेश सभा सचिवालयका अनुसार बैठकको प्रारम्भमा विनियोजन विधेयकमाथिको छलफलका क्रममा प्रदेश सभा सदस्यहरूले उठाएका प्रश्नहरूको जवाफ स्वास्थ्य मन्त्री रामजी प्रसाद घिमिरे, युवा तथा खेलकुद मन्त्री सन्तोषकुमार पाण्डेय तथा मुख्यमन्त्री चेतनारायण आचार्यले दिने कार्यसूची रहेको छ।

त्यसपछि भौतिक पूर्वाधार विकास मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, उद्योग, पर्यटन तथा यातायात मन्त्रालय तथा आन्तरिक मामिला तथा कानुन मन्त्रालयसँग सम्बन्धित विनियोजन शीर्षकहरूमाथि समूहकृत छलफल हुने प्रदेश सभा सचिवालयले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप