कोलम्बोमा ‘सी चिनफिङ: द गभर्नेन्स अफ चाइना’ को पाँचौँ खण्डमाथि चिनियाँ–श्रीलङ्काली पाठक मञ्च सम्पन्न
कोलम्बो । श्रीलङ्काको राजधानी कोलम्बोमा गत जुलाई ३ मा ‘सी चिनफिङ: द गभर्नेन्स अफ चाइना’ (पाँचौँ खण्ड) सम्बन्धी चिनियाँ–श्रीलङ्काली पाठक मञ्च सम्पन्न भएको छ । उक्त कार्यक्रममा चीन र श्रीलङ्काका सरकारी अधिकारी, व्यावसायिक नेता, विद्वान् तथा सञ्चारमाध्यमका प्रतिनिधिहरू गरी करिब ३०० जनाको सहभागिता रहेको थियो ।
कार्यक्रममा चीनको केन्द्रीय सांस्कृतिक तथा नैतिक प्रगति कार्यालयका उपप्रमुख हु काइहोङले ‘सी चिनफिङ: द गभर्नेन्स अफ चाइना’ (पाँचौँ खण्ड) ले चिनियाँ आधुनिकीकरणका लागि चिनियाँ राष्ट्रपति सी चिनफिङको गहन चिन्तन र रणनीतिक दृष्टिकोणलाई प्रस्तुत गरेको बताए । चिनियाँ जनतालाई एकजुट गराउँदै आधुनिकीकरणतर्फ अघि बढाउन चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) ले गरेका नयाँ अन्वेषण र अभ्यासहरू यसमा व्यवस्थित रूपमा अभिलेख गरिएको जानकारी दिँदै उनले चिनियाँ आधुनिकीकरणलाई अझ राम्रोसँग बुझ्नका लागि यो पुस्तक एक आधिकारिक सन्दर्भ सामग्री भएको उल्लेख गरे ।
श्रीलङ्काको संसद्का सभामुख जगथ विक्रमरत्नेले यस पुस्तकको पाँचौँ खण्डको प्रकाशनले चीनको सुशासन, विकास, नवप्रवर्तन र अन्तर्राष्ट्रिय सहयोगको दृष्टिकोणमा मूल्यवान् परिप्रेक्ष्य प्रदान गरेको टिप्पणी गरे । चीनको विकासको अनुभव मात्र नभई यस पुस्तकले विश्वव्यापी शान्ति र साझा समृद्धिलाई प्रवर्द्धन गर्ने चीनको गहिरो विचारलाई पनि देखाएको उनको भनाइ थियो । उनले श्रीलङ्का चीनसँग सबै क्षेत्रमा आदानप्रदान र सहयोग विस्तार गर्न र आपसी सहयोग र स्थायी मित्रतामा आधारित रणनीतिक सहकारी साझेदारीको नयाँ प्रगतिलाई प्रवर्द्धन गर्न तयार रहेको बताए ।
श्रीलङ्काका लागि चिनियाँ राजदूत छी झेनहोङले यो पुस्तक धेरै विकासोन्मुख देशहरूका लागि मूल्यवान् सन्दर्भ सामग्री भएको उल्लेख गर्दै यसले पाठकहरूलाई शताब्दी पुरानो ठूलो राजनीतिक दलको साहस र नवीनता बुझ्न मद्दत गर्ने बताए । त्यस्तै, श्रीलङ्काका शिक्षा तथा उच्च शिक्षा उपमन्त्री मधुरा सेनेभिरत्नेले आफ्नो ऐतिहासिक जरा नगुमाई आधुनिकीकरण हासिल गर्न चाहने जुनसुकै देशले पनि यस पुस्तकबाट मूल्यवान् अन्तर्दृष्टि प्राप्त गर्न सक्ने धारणा राखे ।
चीन अन्तर्राष्ट्रिय सञ्चार समूह (सीआइसीजी) का उपाध्यक्ष यु ताओले आगामी वर्ष दुई देशबीचको कूटनीतिक सम्बन्धको ७० औँ वार्षिकोत्सव मनाउने तयारी भइरहेका बेला सांस्कृतिक आदानप्रदानलाई थप प्रवर्द्धन गरिने बताए । श्रीलङ्का कम्युनिस्ट पार्टीका महासचिव गीगानागे वीरासिंघेले विज्ञान, प्रविधि र पर्यावरणका क्षेत्रमा चीनको उपलब्धिले समाजवादी व्यवस्थाले आधुनिकीकरणलाई अझ बढी प्रभावकारी रूपमा व्यवस्थित गर्न सक्षम छ भन्ने प्रमाणित गरेको उल्लेख गरे ।
कार्यक्रममा चिनियाँ प्रतिनिधिहरूले श्रीलङ्काली समकक्षीहरूलाई ‘सी चिनफिङ: द गभर्नेन्स अफ चाइना’ (पाँचौँ खण्ड) को अङ्ग्रेजी संस्करण र दोस्रो खण्डको सिंहली संस्करणका प्रतिहरू हस्तान्तरण गरेका थिए । अनुभव आदानप्रदान सत्रमा सञ्जीव विमलागुनारत्ना र रुवानी मुनासिन्हाले पुस्तक र 'बेल्ट एण्ड रोड' को उच्च गुणस्तरको सहयोगका बारेमा आफ्ना विचार साझा गरे ।
छलफल सत्रमा इन्द्रानन्द अभयसेकरा, याङ यु, पियुमनी पाञ्चाली रणसिंघे, लिन मिनवाङ, अहमद जवाद, दाई पेङ, उदय मोहन देवदास र थियान चुन्यु लगायतका विज्ञ तथा विद्वान्हरूले सुशासन, हरित विकास र दक्षिण एसियामा गरिबी निवारण जस्ता विषयमा छलफल गरे । कार्यक्रमको आयोजना चीनको राज्यपरिषद् सूचना कार्यालय, सीआइसीजी र श्रीलङ्कास्थित चिनियाँ दूतावासले गरेका थिए भने यसको सहजीकरण डिङ झिताओ र लिन सिहेले गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईंको आजको दिन ? हेर्नुहोस् राशिफल
-
मेस्सीलाई प्रतियोगितामा टिकाइराख्न झेल गरिएको इजिप्टका प्रशिक्षकको सनसनीपूर्ण आरोप
-
उपत्यकामा बर्डफ्लु सङ्क्रमण यथावत्
-
स्विट्जरल्याण्ड र कोलम्बियाको भाग्य अब अतिरिक्त समयमा
-
स्विट्जरल्याण्ड र कोलम्बियाबिचको पहिलो हाफ गोलरहित बराबरी
-
युरोपमा नक्कली कन्डम आपूर्ति गर्ने सञ्जालको पर्दाफास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण