ललितपुरमा युवतीलाई अश्लील हर्कत गर्ने अधिकृतविरुद्ध ५ दिन म्याद थप
सारांश
- ललितपुरको इमाडोलमा एक्लै हिँडिरहेकी युवतीलाई गोप्य अङ्ग प्रदर्शन गर्ने सरकारी कर्मचारीविरुद्ध प्रहरीले ५ दिनको म्याद थप गरेको छ ।
- पक्राउ परेका सुरेन्द्र भट्ट शिक्षा मन्त्रालय अन्तर्गत राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयमा अधिकृत तहमा कार्यरत छन् ।
- घटनाबारे अनुसन्धान गर्न प्रहरीले घटनास्थलको सिसिटिभी फुटेज सङ्कलन गरेको छ ।
काठमाडौँ । ललितपुरको इमाडोल स्थित गल्लीमा एक्लै हिँडिरहेकी युवतीलाई गोप्य अङ्ग प्रदर्शन गर्ने सरकारी कर्मचारीबारे अनुसन्धान गर्न प्रहरीले अदालतबाट म्याद लिएको छ ।
सोमबार पक्राउ परेका बैतडी घर भएका सुरेन्द्र भट्टमाथि अनुसन्धान गर्न अदालतबाट ५ दिनको म्याद लिइएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रले रातोपाटीलाई बताए ।
प्रहरी वृत्त सातदोबाटोले उनीविरुद्ध सार्वजनिक स्थलमा अश्लील प्रदर्शन गर्न नहुने कसुरमा अनुसन्धान गरिरहेको छ । भट्ट शिक्षा मन्त्रालय अन्तर्गत शिक्षा समन्वय इकाईमा दरबन्दी भएर सिंहदरबारस्थित राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयमा अधिकृत तहमा कार्यरत छन् ।
आइतबार साँझ साढे ६ बजेतिर पीडित युवतीले ती पुरुषको भिडियो सामाजिक सञ्जाल टिकटकमा अपलोड गरेकी थिइन् । गल्लीमा एक्लै देखेपछि भट्टले कपडा खोलेर गोप्य अङ्ग देखाएको युवतीको आरोप छ ।
त्यसपछि उनले हिम्मत गरेर आफ्नो स्मार्ट फोन मार्फत भिडियो खिच्दै फलो गरिन् र पक्राउ गरिदिन आग्रह गरिन् । अर्का यात्रुले आरोपीलाई नियन्त्रणमा लिएपछि पीडितले खुट्टा ढोग्न लगाएको र आरोपीले ‘सरी’ भनेको भिडियोमा देख्न सकिन्छ ।
प्रहरीले अनुसन्धानको लागी घटनास्थलको सिसिटिभी फुटेज सङ्कलन गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लेखा समितिमा ‘पावर स्ट्रगल’ : उपसमितिको नेतृत्वमा रास्वपाको दाबी र प्रतिपक्षको विद्रोह
-
सबै सामुदायिक विद्यालयमा स्मार्ट बोर्ड
-
ओलीले अध्यक्ष पद छाड्नु नै पुनर्गठनको प्रारम्भ हो : सिंह
-
‘कसैले दुई रुपैयाँ मात्रै पनि बदमासी प्रमाणित गरे राजनीति नै छोडिदिन्छु’
-
ठमेलमा भारतीय पर्यटकको चहलपहल ह्वात्तै बढ्यो, होटेलदेखि क्लबसम्म भरिभराउ
-
‘बखान’को दोस्रो संस्करण प्रकाशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण